दोहा । कतारमा सिन्धुपाल्चोक की एउटा चेलीको निधन
विहान काममा पुगेकी उनले एक्कासी रतग बान्ता गरेको थिइन । उनको मृत्यु भएको सोही कम्पनीमा कार्यरत सन्जु सुन्दासले जानकारी दिइन् ।
कतारस्थित नेपाली दुतावासमा पनि आकस्मिक विरामी भएका कारण मृत्यु भएको जानकारी आएको कार्यवाहक राजदुत मणिरत्न शर्मा बताए । ‘सडेन सिक्नेसन भन्ने रिपोर्ट दिएको छ विस्तृत जानकरी बुझ्दैछौं’ शर्माले भने ।
मृतक घले कतार नेपाली एकता समाजकी महिला विभागकी सदस्य समेत थिइन । गत बैशाखको भुकम्पमा समेत उनका परिवारलाई क्षती पुर्याएको एकता समाजका सचिव विष्णु थापाले जानकारी दिइन् ।
उनको घर परिवारको बारेमा बुझेर शव नेपाल पठाउने र परिवारलाई समाजले सहयोग गर्ने बताएकी छन् ।
0 comments
Write Down Your Responses