आफ्नो श्रीमतीसँग अवैध सम्बन्ध राखेको भन्दै अर्घाखाँची को एक युवकले गरे हत्या

पुस ६, जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले श्रीमतीसँग अवैध सम्बन्ध राखेको भन्दै हत्या गरि फरार रहेका एक


युवकलाई पक्राउ गरेको छ । आइतबार बेलुका प्यूठान दाङवाङ १ का २१ वर्षीय जगत मुखियालाई खल्जी गाविस ४ का हेमराज भण्डारीको हत्या गरी फरार रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको अनुसन्धानबाट मुखियाकी श्रीमतीसँग भण्डारीले अनैतिक सम्वन्ध राखेपछि मुखियाले हत्या गरेको खुलेको छ । मुखियाले चार गते बेलुका भण्डारीकै घरमा गएर उनको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका मुखियालाई आज पत्रकार सम्मेलन गरि सार्वनजनिक गरेको हो ।
भारतमा काम गर्दै आएका मुखियाले गाउँमा हल्ला चलेपछि भण्डारीकै घरमा गएर उनि सँगै बसेर मदिरा खाई रिसको झोकमा उनको हत्या गरेको बताएका छन् । प्रहरीका अनुसार उनिहरु दुवै जना अपरिचित छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी कमलराज खरेल र प्रहरी निरीक्षकसुरेन्द्रराज जोशीको नेतृत्वमा दुइओटा टोली आइतबार दिनभर मुखियाको खोजी कार्यमा खटिएको थियो ।
डिएसपी खरेलले आइतबार पक्राउ नगरेको भए उनि भागेर भारत जाने संभावना बढेकाले उनलाई आइतबार धेरै खोजी गर्दा पक्राउ गर्न सकेको बताएका छन् । प्रहरी निरीक्षक जोशीले उक्त घटनाबारे अनुसन्धान गरी कारवाही पक्रिया अघि वढाउने बताएका छन् ।

,

0 comments

Write Down Your Responses