अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ह्वात्तै घट्यो, सुन किन्ने लाइ सबर्ण मौका

नयाँ दिल्ली, २८ मंसिर । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ ।
समाचार एजेन्सीका अनुसार आभूषणको माग कमजोर भएपछि अन्तर्राष्ट्रिय तथा स्थानीय बजारमा सोमबार सुनको भाउ तोलामा कम्तीमा एक हजार रुपैयाँले घटेको बताइएको छ ।
मूल्य घटेपछि तोलाको २५ हजार भारु रुपैयाँ पुगेको छ । जसको नेपाली मूल्य ४० हजार पर्न आउँछ । अहिले नेपालमा सुन तोलाको ४८ हजार रुपैयाँ पर्छ ।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । औद्योगिक इकाइहरु र सिक्का निर्माताले सुन खरिद नगरेपछि अमेरिकाको फेडरल रिजर्व बैंकले मूल्य घटाएको बताइएको छ ।
आभूषण निर्माताहरु र खुद्रा विक्रेताहरुको कमजोर मांगका कारण बजारमा मूल्य घटेको हो । विश्व बजारमा सुन ०.३ प्रतिशत घटेर १०७१.२५ डलरमा झरेको बताइएको छ । (एजेन्सीको सहयोगमा)

,

0 comments

Write Down Your Responses