यसरी भएको थियो सुनसरीको इटाभट्टामा विस्फोट हेर्नुहोस भिडियो सहित

सुनसरी, मंसिर २९ । सुनसरीको इटहरीमा हिजो भएको ईटाभट्टा दुर्घटनामा सञ्चालक विनोद अग्रवालको लापरवाही मूख्य कारण रहेको निष्कर्ष प्रशासनले निकालेको छ ।
दुर्घटना भएको न्यू जय नेपाल ईट्टा भट्टास्थल निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी रविलाल पन्थसहितको टोलीले सञ्चालकको लापरवाही रहेको निष्कर्ष निकालेको हो ।
justify;">गत बैशाख १२ गतेको भूकम्पमा क्षति पुगेको भट्टाको चिम्नी प्राविधिकको सल्लाह र स्थानीय प्रशासनको अनुमति बेगर सामान्य मर्मतमै सञ्चालनमा ल्याएकाले विष्फोट भएको प्रमूख जिल्ला अधिकारी पन्थले जानकारी दिए ।
इटहरी उपमहानगरपालिका एकम्बास्थित न्यू जय नेपाल ईट्टा भट्टा बिष्फोट हुँदा आठजना मजदूरको मृत्यु भएको थियो । घटनामा २५ जना घाईते भएका छन् । ३ जनाको घटनास्थलमै र ५ जनाको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
दश लाख काँचो इट्टा भरेर आगो लगाएपछि भट्टाको चिम्नीबाट आगोको धुँवा बाहिर ननिस्कँदा विष्फोट भएको प्रहरीको भनाइ छ ।
भट्टा संचालकले अधिकांश बालबालिका प्रयोग गर्ने गरेको पाइएको छ । घटनामा मृत्यु हनेमा पाँच जना त बालबालिका नै छन् । घटनापछि भट्टामा काम गर्ने मजदुरको रुवावासी भएको छ । अधिकांश मजदुर भारत बिहार र पश्चिम बंगालका मुस्लिम समुदायका छन् । भट्टा संचालक विनोद अग्रवाल भने घटनापछि सम्पर्कविहीन छन् ।

,

0 comments

Write Down Your Responses