रोजगारीका लागि दक्षिण कोरिया गएको एक नेपालि ले गरे आत्महत्या

सोलः रोजगारीका लागि दक्षिण कोरिया आएका एक युवकले आत्महत्या गरेका छन् । सापिंग काभ्रे घर भएका मन्जिल पहरीको मंगलबार बिहान झुण्डिएको अवस्थामा शव फेला परेको हो ।
गत आइतबारदेखि सम्पर्कबिहिन रहेका पहरीले कम्पनीदेखि करिब पाँचसय मिटरको दुरीमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । पोछन सी स्थित ह्यांगर निर्माण बनाउने कम्पनीमा कार्यरत पहरी एक बर्ष दश महिना अघि कोरिया आएका थिए ।  घटनास्थलमा प्रहरी अनुसन्धान पश्चात पोस्टमार्टमका लागि सव हस्पिटल लागिएको श्रम सहचारी अनिल गुरुङले जानकारी गराए साथै परराष्ट्र र मृतकको परिवारलाई जानकारी गरिएको पनि गुरुङले बताए ।  २६ बर्षिय पहरी परिवारका एक्लो छोरा हुन् । उनको परिवारमा बुबा आमा र एक दिदी छन् ।

,

0 comments

Write Down Your Responses