फिलिपिन्समा गयो शक्तिशाली आँधी,,आधि बाट चारको मृत्यु, दशौँ लाख

मनिला: फिलिपिन्समा शक्तिशाली आँधीका कारण मङ्गलबार कम्तीमा पनि चार जनाको ज्यान गएको छ । यसअघि गएको तीन दिनदेखि त्यहाँ हावाहुरी र बाढीको प्रकोप थियो । सो क्षेत्रमा आँधी आउने खतरा बढेको जनाइएको थियो ।मङ्गलबार बिहानीपख त्यहाँ शक्तिशाली आँधी आएको छ । त्यसमा परी चारको मृत्यु हुनुको साथै अरु कैयौँ व्यक्ति हराइरहेका छन् । फिलिपिन्सको सरकारले सोमबार मात्र पनि आँधीको त्रासका कारण सात लाखभन्दा बढी स्थानीय बासिन्दालाई अन्यत्रै सारिएको बताएको थियो ।
तर मङ्गलबारको आँधीले भने सो क्षेत्रबाट दशौँ लाख व्यक्ति भागेका छन् । उनीहरु घर छोडेर भागेका र स्थानीयवासीहरुमा त्रास उत्पन्न भएको बताइएको छ ।  मध्य फिलिपिन्सका केही क्षेत्रमा बाढी र पहिरो आएको छ । तीन दिनदेखि वर्षा जारी छ । त्यसैले सो क्षेत्रमा आँधीको खतरा पनि बढेको समाचारमा जनाइएको छ ।
मेलर नामको सो आँधीका कारण मध्य फिलिपिन्सको सामार टापू नजिकका बासिन्दामा त्रास छाएको बताइएको छ । सो त्रासका कारण उक्त क्षेत्रबाट दशौँ लाख नागरिकलाई अन्यत्रै सारिएको छ ।उक्त क्षेत्रमा करिब १५ लाख नागरिकको बसोबास रहेको छ । सो क्षेत्रमा सोमबार बिहानैदेखि प्रति घन्टा १८५ किलोमीटरसम्म हावा चलेको छ । क्रिश्मसको सुरुवातको समयमा उक्त चाड मनाउने तयारी गरिरहँदा नागरिकमा यो भागाभाग सुरु भएको हो । फिलिपिन्समा कम्तीमा पनि ८० प्रतिशत नागरिक क्रिश्चियन धर्म मान्ने गर्छन् ।
समार भनेको सन् २०१३ मा आँधीका कारण ठूलो जनधनको क्षति पुगेको क्षेत्र नजिकमा पर्दछ सो समारमा मात्र त्यस वर्ष आएको आँधीबाट सात हजारभन्दा बढी नै व्यक्ति मारिएका वा हराएका थिए ।समार र अलबे क्षेत्रका १५ लाख व्यक्तिलाई त्यहाँबाट उद्वार गरेर सोमबारै अन्यत्रै सारिएको थियो । सो क्षेत्रमा जारी रहेको हावाहुरीका कारण अहिले पनि कैयौँ घरका छाना उडाएको र रुख ढालेको छ ।अधिकारीहरुले सम्भावित खतराको अवस्थामा रहेका त्यस क्षेत्रका नागरिकलाई अन्यत्रै सारिएको र आवश्यकताका आधारमा सहयोग र उद्वारका लागि पनि तयारी अवस्थामा रहेको जनाएको थियो 
तर सोमबार रातिदेखि नै आँधी आएको हो । नागरिकहरु यसवर्ष क्रिश्मस मनाउन नपाएकोमा दुःखी भएका छन् । उनीहरुले यस समयमा घर छोडेर विस्थापित हुनुपर्दा ठूलो पीडाबोध भएको जनाएका छन् ।

,

0 comments

Write Down Your Responses