चीनले फेरि नेपाल लाइ १३ लाख लिटर पेट्रोल दिने
चीनसँग आर्थिक सम्बन्धको रुपरेखा तयार गर्न भ्रमण सफल : थापा
काठमाडौं : चीनले इन्धन संकटलाई तत्कालीन रुपमा समाधान गर्न थप १३ लाख लिटर पेट्रोलियम पदार्थ अनुदानमा उपलब्ध गराउने भएको छ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा छ दिन लामो औपचारिक भ्रमणका क्रममा चिनियाँ सरकारले यस्तो सहयोगको आश्वासन दिएको हो।
चीन भ्रमण सकेर स्वदेश फर्केपछि मंगलबार विमानस्थलमा संचारकर्मीसँग थापाले भने, 'पहिले अनुदानमा उपलब्ध गराएकै परिणामा चीनले फेरि पेट्रोलियम पदार्थ गराउँदैछ। तर तत्कालीन संकटका लागि मात्र हो।'यसअघि पनि चीनले दस मिलियन युआन बराबरको १३ लाख लिटर तेल उपलब्ध गराएको थियो । थापाले दीर्घकालीन रुपमा इन्धन आपूर्ति गर्नेसम्बन्धमा चिनियाँ अधिकारीसँग महत्वपूर्ण छलफल भएको बताउँदै भने, यसको परिणाम पनि छिटै आउनेछ।

थापाले यो भ्रमण नेपाल चीनबीच आर्थिक सम्बन्धको रुपरेखा तयार गर्न सफल भएको बताए । उनले भने, 'अब इन्धन सम्झौताको बाटो पनि खुलेको छ।थापाले पारवहन सन्धि तथा विप्पा सम्झौता र स्वतन्त्र व्यापार सम्झौताबारेमा पनि सकारात्मक छलफल भएको जानकारी उनले दिए।
नेपालका प्रधानमन्त्रीबाट चीनमा छिटै हुने भ्रमणमा महत्वपूर्ण सम्झौता हस्ताक्षर हुने संकेत गर्दै भने, 'त्यसका लगि दुवै पक्षबाट व्यापक गृहकार्य भइरहेको छ।'थापाले
चिनियाँ पक्षबाट पनि नेपालमा छिटै उच्चस्तरीय भ्रमण हुने बताए।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा छ दिने औपचारिक चीनभ्रमण सम्पन्न गरी मंगलबार स्वदेश फर्केका हुन्। थापाले यो भ्रमण नेपाल-चीनबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सफल भएको बताए।
थापा नेतृत्वको टोलीले चिनियाँ विदेशमन्त्रीलगायतका त्यहाँका उच्च अधिकारीसँग भेट गरी इन्धन आपूर्तिलगायतका दुईपक्षीय हितका विषयमा छलफल गरेको थियो।
दीर्घकालीन रुपमा इन्धन आपूर्ति गर्नेसम्बन्धमा थापाको भ्रमणमा सहमति भएको छ।
0 comments
Write Down Your Responses