न्युरोडको सुनचाँदी पसलबाट दुई किलो बराबरको सुनका गहना चोरी

काठमाडौं, १४ पुस – न्युरोडको एक सुनचाँदी पसलबाट आइतबार राति करिब दुई किलोबराबरको सुनका गहना चोरी भएका छन् । चोरले साँचो नै चोरी गरी सटर फोडेको हो ।
न्युरोडगेटस्थित न्यु लक्ष्मी सुनचाँदी पसलमा चोरी भएको हो । बुद्धनगर बस्ने विष्णु रिजालले सञ्चालन गरेको उक्त पसल घरबाटै साँचो चोरी गरी फोडिएको प्रहरीले जनाएको छ ।
पसल चोरीमा उनका आफन्त नै संलग्न भएको प्रहरी आशंका छ । सञ्चालक रिजालले सुरुमा दुई किलोबराबरको सुनका गहना चोरी भएको बताएका छन् । तर, लकरमा ३८ लाख नगद र सुन बरामद भएपछि थोरै चोरी भएको अनुमान छ । हिसाब गरेर चोरीको विवरण दिने रिजालले प्रहरीलाई बताएका छन् । घटनामा सञ्चालकका आफन्त नै संलग्न हुनसक्ने र अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी विनोद शर्मा घिमिरेले बताए ।
त्यस्तै, आइतबार राति जडीबुटी चोकमा पनि चोरी भएको छ ।
सुरेन्द्रराज उप्रेती र विनोद उप्रेतीले सञ्चालन गरेको मुनलाइट इलेक्ट्रोनिक्सबाट तीन लाख ८० हजार रुपैयाँबराबरको धनमाल चोरी भएको हो । सटरको ताला काटेर चोरहरूले ७८ हजार नगदसहित बिजुलीका सामान चोरी गरेका हुन् । चौबीसै घन्टा प्रहरीको ड्युटी रहने चोककै छेउमा यसरी चोरी हुनुलाई आश्चर्यका साथ हेरिएको छ । नयाँ पत्रिकाले छापेको छ ।

, ,

0 comments

Write Down Your Responses