राष्ट्रपति विद्या भण्डारी जानकी मन्दिरमा दर्शन गरेर फर्केपछि मन्दिरमा पेट्रोल बम प्रहार

जनकपुर : राष्ट्रपति विद्या भण्डारी विवाह पञ्चमीका अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा दर्शन गरेर फर्केपछि मन्दिर परिसरमा पेट्रोल बम प्रहार भएको छ । 
सेनाको कडा सुरक्षाबीच मन्दिरमा दर्शन गरेर राष्ट्रपति भण्डारी फर्केलगत्तै मधेसी मोर्चाका कार्यकर्ताहरुले मन्दिर परिसरमा ढुंगामुढा र पेट्रोल बम हानेका हुन् । मोर्चा कार्यकर्ताले मन्दिरको भित्रीभागमा पनि ढुंगामुढा गरेपछि त्यहाँ छिरेका दर्शनार्थी, सञ्चारकर्मी र पूजारीसमेत थुनिएका छन् । 
मोर्चाका कार्यकर्ताहरुले राष्ट्रपतिलार्इ जानकी मन्दिरमा दर्शन गराएको भन्दै त्यहाँका महन्थलार्इ आक्रमण गर्न खोजेपछि झडप भएको हो । 
सुरक्षामा खटिएका प्रहरी, सशस्त्र प्रहरीले स्थितिलार्इ नियन्त्रणमा लिन सात सेलबढी अश्रुग्यास हानिसकेको छ ।  

,

0 comments

Write Down Your Responses