धरान, २३ पौष – धरानमा अहिले लागू औषध व्राउण्डसुगरको कारोबारी गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । डाइजापाम, फेन्सिडल, टिडी जेसिक जस्ता लागू औषधको बढी प्रयोग हुने र कारबाही गर्ने धरान प्रहरीले अहिले आएर अत्यन्तै महंगो मानिने ब्राउण्डसुगर कारबारीको संख्यामा वृद्धि भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
२०७२ साउन १ देखि हालसम्म धरान प्रहरीले ब्राउण्डसुगसहित ७ जनालाई पक्राउ गरिसकेको छ । मुख्य डिलर मानिएका इटहरी ५ का खड्गबहादुर राईले धरानका विभिन्न युवाहरुलाई विक्री वितरणका लागि दिने गरेको रहस्य खुलेपछि पूर्वमा
व्राउण्ड सुगर कारोबारी बढेको बताएको हो ।
कारोबारी गर्ने मुख्य राईसहित धनकुटा जिल्लाको घोर्लीखर्क गाविस २ का रमेश श्रेष्ठ, धरान १३ का रामकुमार बुढाथोकी, धरान १३ कै आशिष सुब्बा, धरान १४ का सुमन श्रेष्ठ, धरान १५का पुरुषोत्तम श्रेष्ठलाई करिब २६ ग्राम व्राउण्डसुगर सहित पक्राउ गरी कारबाही समेत अगाडि बढाएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिनुभयो ।
उनीहरुलाइ साउन १ गतेदेखि यता विभिन्न समयमा यति मात्रामा प्रक्राउ गरिएको र लागू औषध ओसारपसार ऐन अन्तर्गत कारबाही अगाडि बढाइएको डिएसपी सिजापतिले जानकारी दिनुभयो । उहाले अञ्चल प्रहरी कार्यालय कोशी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले लागू औषध नियन्त्रणका लागि फोर्स नै गठन गरी काम गरिरहेको बताउदै यो फोर्सले धरानमा लागू औषध प्रयोगकर्ता र कारबारी नियन्त्रणमा काम गर्ने समेत उहाले जानकारी दिनुभयो ।
धरान प्रहरीले ब्राउण्डसुगसहित ७ जना युवाहरुलाई पक्राउ
0 comments
Write Down Your Responses