काठमाडौं, २१ पुस - दुई वर्षदेखि ठगी धन्दामा लागेकी भगवतीले ठगीका लागि सुरुमा पोखरालाई आधार बनाएको अनुसन्धानका क्रममा फेला परेको प्रहरीले जनाएको छ। पोखराको फेवा अस्पतालमा केही समय उनले चिकित्सककै रूपमा कामसमेत गरेको खुलेको छ। स्थानीय सञ्चारमाध्यमले उनको वास्तविकताबारे समाचार छापेपछि उनी पोखराबाट फरार भएकी थिइन्।
काठमाडौंमा ठगेपछि भारततिर
पोखरामा वास्तविकता खुलेपछि फरार भएकी उनी गत वैशाखमा काठमाडौं आएकी थिइन्। काठमाडौं आएपछि उनले विभिन्न अस्पतालका चिकित्सक र धनाढ्यसँग सम्पर्क बढाएर ठगी गर्न थालेकी थिइन्। एकपछि अर्को ठगीका उजुरी परेपछि प्रहरीले छानबिन सुरु गरेसँगै उनी काठमाडौंबाट पनि भागेकी थिइन्। त्यसपछि प्रहरीले उनको फेसबुक आइडी ट्रयाक गरी भारतमा रहेको पत्ता लगाएर भारतबाटै पक्राउ गरी काठमाडौं ल्याएको हो।
ठगीका उपाय अनेक
ठगी गर्न उनले उपाय पनि अनेक लगाउने गरेको पाइएको छ। चिकित्सक तथा धनाढ्यसँग नजिकिएर बेलुका सँगै बस्ने प्रलोभनमा पारेर बेहोस हुने औषधि खुवाई धनमाल लिएर भाग्ने गरेको प्रहरीले दाबी गरेको छ। यसैगरी केहीसँग प्रेमको नाटक गरी लामो समयसम्म नियमित रूपमा ठगी गर्ने गरेको पनि पाइएको छ। केहीका मोबाइल चोर्ने, बाइक चोर्नेसमेत गरेको पाइएको छ।
चिकित्सक र धनाढ्य सिकार
आफूलाई डा सुहाना केसीका रूपमा परिचय दिई चिकित्सक तथा धनाढ्यलाई आफ्नो सिकार बनाउने गरेको पाइएको छ। प्रहरीका अनुसार उनले आफूलाई चिकित्सक बताएर विभिन्न अस्पतालका चिकित्सकसँग नजिक हुने र ठगी गर्ने गरेकी थिइन्। त्यसक्रममा पोखराको फेवा अस्पताल, गण्डकी अस्पताल र मणिपाल अस्पतालका चिकित्सक उनीबाट ठगिएको अनुसन्धानका क्रममा खुलेको अपराध महाशाखाका इन्स्पेक्टर गोविन्द पन्थीले बताए। काठमाडौंमा पनि शिक्षण अस्पतालका डाक्टरसँग सम्बन्ध राखी ठगी गरेको प्रहरीमा उजुरी परेको छ।
ठगी गर्न नाम अनेक
ठगीका लागि अनेक उपाय लगाउने गरेकी उनले आफ्नो नाम पनि अनेक बताउने गरेकी थिइन् । आफूलाई डा। सुहाना, अदिती, सृष्टि केसीजस्ता नामले चिनाउँदै आएकी केसीको स्थायी घर भने गुल्मीको हस्तिचौर हो। २३ वर्षीया केसीले प्लस टुसम्मको अध्ययन गरेको प्रहरीले जनाएको छ।
अनेक नामजस्तै उनका साथबाट प्रहरीले मोबाइल फोनका ११ वटा सिमकार्ड पनि बरामद गरेको छ। प्रहरीका अनुसार विगत दुई वर्षदेखि उनी ठगीमा संलग्न थिइन्।
डिआइजीका नाममा पनि ठगी
उनले आफूलाई चिकित्सकका रूपमा मात्र होइन, डिआइजी सनत केसीकी छोरीका नाममा समेत परिचित गराएर ठग्ने गरेकी थिइन्। प्रहरीका अनुसार त्यो क्रम काठमाडौंभन्दा बढी पोखरामा थियो। पोखराका होटेल र स्टोरमा आफूलाई डिआइजी केसीकी छोरी हुँ भन्दै धम्क्याएर सामान लिने र पैसा नतिर्ने गरेको खुलेको छ।
पोखराको होटेल पान्डामा बसेर पैसा तिर्ने वेला आफ्ना बुबा डिआइजी भएको भन्दै एक व्यक्तिलाई डिआइजी बनाएर फोन गर्न लगाएकी थिइन्। एकछिनका लागि भनेर उनले होटेल साहुका छोराको मोटरसाइकलसमेत लिएर भागेको उजुरी प्रहरीमा परेको छ।
फेसबुक र भाइबरको प्रयोग
ठगीका लागि सुरुमा उनले सामाजिक सञ्जाल फेसबुक र भाइबरको सहायता लिने गरेको पाइएको छ। सुरुमा फेसबुक तथा भाइबरमार्फत चिनजान गर्ने र बिस्तारै नजिकिएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ। उनीबाट पीडित २०–२५ जना सम्पर्कमा आइसकेको अपराध महाशाखाका डिएसपी रमेश थापाले बताए।
फेसबुकमा डा सुहाना केसी भनेर अकाउन्ट छ। जसमा नायक राजेश हमालसँगका फोटोसमेत छन्। गत २६ असोजमा एक चिकित्सकसँग बिहे गर्न खोज्दा विवाद भएपछि उनी एक दिन सातदोबाटो वृत्तमा थुनामा परेकी थिइन्
पोखराका होटेल र स्टोरमा आफूलाई डिआइजी केसीकी छोरी हुँ भन्दै धम्क्याएर सामान लिने र पैसा नतिर्ने भगवती पक्राउ
0 comments
Write Down Your Responses