तेलअभिव बसपार्कमा एक नेपाली महिलाको पासपोर्ट सहितको झोला हरायो

पूर्वी नेपालको दोलारीघाट ४ मोरङ स्थायी घर भई विगत ७ बर्षदेखि मध्यपूर्वको इजरायलको उत्तरी भेगमा रहेको किरियातस्मोनास्थित खाँच्चौरमा केयरगिभर कामदारको रुपमा कार्यरत ०७६०२९८० नंम्वरको पास्पोर्टवाहक मुना गुरुङ नाम गरेकी एक नेपाली महिलाको तेलअभिवस्थित केन्द्रिय वसपार्कबाट पासपोर्ट सहितको ह्यान्ड व्याग हराएकोले भेट्नुहुने महानुभावले नेपाली राजदूतावास(035100111), नेपाल इजरायल डट नेट(0546871258) वा सम्वन्धित महिला (0546088106) लाई सम्पर्क गरी पासपोर्ट वुझाइदिनुहुन अनुरोध गरिएको छ ।गत १ जनवरी शुक्रवार तमुहरुको महान पर्व तमु ल्होसार मनाउन सप्तान्त विदा पारी विदामा निस्किएकी मुना गुरुङको २ जनवारी शनिवार आफ्नो काममा फर्किने क्रममा साँझको करिव ४ देखि ५ बजेको विचमा केन्द्रिय बसपार्कस्थित बस स्टेसनमा बस कुरीरहेको अवस्थामा पासपोर्ट, इन्सुरेन्स कार्ड र केही नगद सहितको कपडाको धर्का धर्का परेको साइड व्याग हराएको थियो ।करिव साढे ३ घण्टाको द्रुतमार्गको दुरीमा कार्यरत गुरुङले आफ्नो ड्युटीमा जान ढिलो भइरहेकै बेला बस छुट्ने समयमा मात्र आफ्नो व्याग हराएको थाहा पाएकी थिइन । समयमै ड्युटीमा पुग्नुपर्ने वाध्यता बोकेकी ती महिलाले आफ्नो महत्वुपूर्ण कागजात सहितको व्याग हराउदा सम्मपनि समय अभावका कारण तुरुन्तै प्रहरीलाई खवर गर्न त सकिनन् नै नत अन्य नेपाली दाजुभाईहरुलाई नै । भाग्यवश विदामा निस्किदा काटेको बसको दोहोरो टिकट भने कोटको खल्तिमै रहेकाले काममा फर्किन भने समस्या नपरेको नेपाल इजरायल डट नेटलाई टेलिफोन सम्पर्कको क्रममा बताइन् । मुना गुरुङले आफ्नो रोजगारदाताको सहयोगमा नजिकै रहेको रोस्पिना प्रहरी कार्यालयमा पासपार्ट लगायतका अन्य महत्वपूर्ण कागजात सहितको ढोला हराएको रिपोर्ट दर्ज गराएकी छिन् । प्रहरीले आफ्नो पासपोर्ट दिलाउने आशा बोकेकी मुना गुरुङले तेलअभिव आसपासमा कार्यरत नेपाली दाजुभाई तथा दिदिवहिनीहरुले उक्त पासपोर्ट सहितको व्याग भेट्टाएमा वा कोही विदेशी नागरितले भेट्टाएर दिएमा कसैले दिएमा उल्लेखित सम्पर्कमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरेकी छिन् ।

,

0 comments

Write Down Your Responses