फिदिम - सामाजिक सञ्जाल प्रयोग गर्दै सम्वन्ध वनाएर ठगी गर्न सकृय झापा खुदुनावारी ७ का भविन्द्र सुवेदीलाई प्रहरीले पक्राऊ गरेको छ ।
नक्कली फेसवुक एकाउण्ट खोलेर पाँचथर र झापाका आधा दर्जन अधिक महिलालाई साथी वनाँउदै नगद ठगी गरेको अनुसन्धानमा खुलेपछि पक्राऊ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।
पाँचथरका प्रहरी प्रमूख कष्णप्रसाद कोइरालाका अनुसार पछिल्लो पटक पाँचथरकी एक युवतीवाट एक साता भित्र तीनलाख १ हजार सातसय रुपैंया ठगी गरेपछि अनुसन्धान शुरु गरेको उजुरी परेपछि अनुसन्धान थालेको प्रहरीले उनलाई आइतवार साँझ झापाको विर्तामोडवाट पक्राऊ गरेको हो ।
यद्वपी अनुसन्धान प्रकृयामा प्रभाव पर्ने भन्दै प्रहरीले पीडित युवतीको हुलिया भने सार्वजनिक गरेको छैन । सुवेदीलाई प्रहरीले सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरेको छ । कोइरालाका अनुसार झापा खुदुनावारी ७ घर भएका सुवेदीले काठमाण्डौमा वसेर सुवेदीले निश्चल शर्मा नाम भएको फेसवुक फेसवुकका माध्यमवाट ठगी गर्दै आएका थिए ।
उनले पाँचथरकी ती युवतीलाई कात्तिक पहिलो साता फ्रेण्ड रिक्वेष्ट पठाएका थिए । युवतीले उनको साथी वनाउने अनुरोध स्विकार गरेपछि दैनिकजसो च्याट र फोन मार्फत नजिकिएर आफ्नो काठमाण्डौमा ६ तले घर र विभिन्न वैंकमा ३५ लाख व्यालेन्स भएको वताउदै युवतीसँग विवाहको प्रश्ताव राखेको कोइरालाको भनाई छ । प्रहरीका अनुसार पीडित युवती जिल्लाको कुनै सरकारी विद्यालयमा शिक्षण पेशामा आवद्व छिन ।
अविवाहित ती युवती पनि सुवेदीले काठमाण्डौमा घर र वैंक व्यालेन्स रहेको भन्दै विवाहको प्रश्ताव राखेपछि उनीप्रति आकर्षित भएको प्रहरी अनुसन्धानमा खुलेको कोइरालाको भनाई छ । “पछिल्लो पटक ती युवतीलाई भेट्न आँउछु भन्दै मंसिर तेस्रोसाता काठमाण्डौवाट पाँचथर हिँडेको वहाना वनाएछन, चितवन आइपुगेपछि आफु दुर्घट्नामा परेर अस्पताल भर्ना भएको,गोजीमा रहेको नगद सवै सकिएको,चेक र एटिएम काठमाण्डौमै छुटेको आदी कुराँ वताँउदै अस्पतालवाट डिस्चार्ज पैसा चाहियो, भविन्द्र सुवेदीको नाममा पठाइदिनु,संकट टारिदिनुप¥र्यो आदी कुरा भन्दै पैसा मागेका थिए, युवतीले पटक पटक गरेर उनलाई एक साताको अवधिमा तीनलाख १ हजार ७ सय रुपैंया आइएमई मार्फत पठाएकी रहिछन । पैसा प्राप्त गरेपछि उनले पुनः झापामा वुवाको मृत्यु भएको भन्दै काज किरिया सकेर आउने भन्दै झुक्याएर युवतीलाई फेसवुकको साथीवाट हटाउनुका साथै त्यसअघि प्रयोग गर्दै आएको ९८२४०२७६१८ नम्वरको मोवाइल समेत अफ गरेका थिए ।
लामो समय सम्पर्क नभएपछि युवतीले आफु ठगिएको संका गर्दै प्रहरीलाई जानकारी गराएपछि उनको खोजी शुरु ग¥र्यौ ।” –कोइरालाले भने ।उनका अनुसार प्रहरीले उनलाई पक्राऊ गर्न समाजिक सञ्जाल नै प्रयोग गर्नु परेको थियो । पाँचथरकी ती युवतीवाट पैसा लिएपछि उनी काठमाण्डौ,धादिङ,गोर्खा र नवलपरासीमा सोहि रकम लिएर मोजमस्ती गर्दै हिडिरहेको पाइएपछि उनको फेसवुक एकाउण्टमा रहेकी उनकै केटी साथीलाई माध्यम वनाएर अनुसन्धान प्रकृया अगाडी वढाइएको कोइराला वताँउछन ।
“पैसामा पल्केका उनले फेसवुककी साथीलाई आर्थिक संकट परेको भन्न थालेपछि भेट्न आउनु म सहयोग गर्छु भन्दै झापाको विर्तामोडमा वोलाएको थाहा पाएपछि भेटघाट गर्न भनिएको ठाँउमा परिचालन भएका सादा पोशाकका प्रहरीले उनलाई पक्राऊ ग¥र्यो ।” –कोइरालाले थपे । प्रहरीका अनुसार पक्राऊ परेका सुवेदीले पाँचथर र झापाका अरुपनि युवतीलाई फेसवुकका माध्यमवाट झुक्याएको खुल्न आएको प्रहरीले जनाएको छ ।
सुवेदीले प्रहरीमा दिएको वयान अनुसार उनी केहि वर्ष वैदेशिक रोजगारीका कममा दुवई गएका थिए । त्यहा भनेजस्तो कमाए नभएपछि नेपाल फर्केर ठगी गर्न थालेको स्विकारेको प्रहरी वताँउछ । उनका साथवाट नगद ८८ हजार समेत वरामद गरेको प्रहरीले जनाएको छ । युवतीहरुलाई अविवाहित भन्दै झुक्याउने गरेका सुवेदीका दुईजना श्रीमती रहेको खुलेको छ । प्रहरीका अनुसार जेठी पत्नी झापाको खुद्नावारीमा वस्दै आएकी छिन भने कान्छीचाँहि नपलपरासीको गैंडाकोटमा वस्छिन ।
उनी विरुद्व पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले सोमवार जिल्ला अदालत पाँचथरमा ठगी मुद्वा दर्ता गराएको छ । अनुसन्धान जारी रहनुका साथै पीडितको संख्या वढ्दै जाने पक्का भएकाले थप उजुरीका आधारमा वहु विवाह र विद्युतीय कारोवार ऐन अन्तर्गत समेत मुद्वा चलाउन सकिने प्रहरीको भनाई छ ।
नक्कली फेसवुक वनाएर लाखौं ठगी गर्ने युवा प्रहरीे फन्दामा ..पुरा समाचार पढ्नुहोस
0 comments
Write Down Your Responses