होटलमा महिला र बालक बेहोस फेला,, लिएर आउने पुरुष भने फरार

राजेन्द्र नाथ, नेपालगञ्ज । एकजना पुरुषसंग होटलमा बस्न आएका महिला र बालक बेहोस फेला परेका छन् । नेपालगन्जको पुष्पलाल चोकस्थित स्वर्गद्धारी होटलको कोठा नम्बर ६ मा बेहोस फेला परेका ती दुबैजनालाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पत्ताल भर्ना गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक दीपेन्द्र पालका अनुसार ती महिला र बालकलाई होटलमा लिएर आउने पुरुष भने फरार छन् । अन्दाजी ३५ बर्षकी महिलाको कानमा लगाएका टप गायब छ । कोठामा दुई बोत्तल बियर र एउटा जीनको रित्तो शिशी भेटिएको छ । दुबैजना बेहोस भएकाले उनीहरुको सम्बन्ध, नाम र घर ठेगाना खुल्न सकेको छैन् । बालक अन्दाजी १० वर्षका छन् । बिहान करिब १० बजे कालिकोट घर बताउने बिष्णु रोकायाले होटलमा इन्ट्रि गरेका थिए । होटल संचालक रंगबहादुर खड्काले उनलाई आफुले नचिनेको तर, होटलको रजिष्टरमा उनले नाता सम्बन्ध श्रीमानरश्रीमती लेखाएको बताए । 'दिउँसो एक्कासी कोठाबाट बच्चाले चिच्याएको आवाज आयो । झ्यालबाट हेर्दा भित्र बाट बन्द रहेको कोठामा दुइजना बेहोस देखे,' उनले भने, 'त्यसपछि प्रहरीलाई खबर गरेको हु ।' इन्ट्रि गर्दा रजिष्टरमा लेखाएको मोबाइल फोन अफ छ । रोकायाले आफु भारतबाट आएको र कालिकोटस्थित घर जान लागेको बताएको समेत होटल संचालक खड्काले जनाएका छन् ।

,

0 comments

Write Down Your Responses