धनगढी : कैलालीको भजनी–त्रिशक्ति नगरपालिकाका वडा नं. १० का युवकले श्रीमतीले भनेको बेला यौनसम्पर्क गर्न नदिएको झोंकमा योजनावद्ध रुपमा हत्या गरेको स्वीकार गरेका छन्।
भजनी–त्रिशक्ति नगरपालिकाका वडा नं. १० का २० वर्षिय हिमबहादुर नेपालीले श्रीमतीले पटक पटक अनिच्छा देखाउने गरेका कारण आक्रोसमा आएर १७ वर्षिया श्रीमती आरती नेपालीको हत्या गरेको स्वीकार गरेका हुन्।पुष २२ गते विहान १० बजेतिर घर र सुसुराली जाने बाटोमा पर्ने विजलिया जंगलमा श्रीमतीको घाँटी रेटेर हत्या गरेको उनले प्रहरी समक्ष स्वीकार गरेका हुन्।गएको साउनमा मात्रै प्रेम गरेर विवाह गरेका हिमबहादुरले, त्यसपछि पटक पटक आफुलाई माया नगरेको भान भएको र यौनसम्पर्क पनि गर्न नमान्ने भएपछि हत्या गरेको बताए ।
‘मलाई खाना पनि नदिने, आफै खाएर सुत्ने, अनी म कोठामा गए बाहिर जाने गरेकाले मार्नुपर्छ भन्ने भावना पलायो’प्रहरी समक्ष दिएको बयानमा उनले भने ।
‘पुष २१ गते राती आफै खाना खाएर सुत्यो, अनी म आफै चुलोमा गएर खाए । त्यसपछि म कोठामा गए त उ बाहिर गयो । म बाहिरै गएर उसको हात समातेल कोठामा लगे, तर पनि उसले यौनसम्पर्क गर्न मानेन । म माईत जान्छु भनिराख्ने । उतै बस्छु भन्ने । अनी त्यतीबेलै उसको हत्या योजना बनाए’हिमबहादुरले बयानमा भनेका छन्।
पुष २२ गते पनि उनले थाहा नपाउनदो तरिकाले श्रीमतीको हत्या गरेका छन्। ‘घरबाट अलि टाढा रहेको श्रीमतीको सिलाई कटाई गर्ने स्थानमा आफै पुगाई दिन्छु भनेर लगे । विहानको ९ बजेतिर मैले भान्सामा रहेको चक्कुमा रेतीले धार लगाएर गोजीमा हालिसकेको थिए । अनी उनलाई (श्रीमतीलाई) सिलाई कटाईमा जाउ भने । बीचमा विजलीया जंगल पर्छ। त्यसको बीचमा पिसाव फेर्न जाउँ भने । दुबैजना एक छिन त्यही बीच जंगलमा बस्यौं ।
मैले उसलाई आफ्नो छातीमा सुताए, सुम्सुमाए । कतिबेला नमारु भन्ने पनि लागिरहेको थियो तर विवाह गरेपछि सहजै नस्वीकार्नेलाई किन पो बाँकी राख्ने भन्ने क्रुर भावना आयो, अनी ल जाय भनेर उ उभिएको के थियो मैले घाँटी रेटि दिए’ हिमबहादुरले बयानमा भनेका छन्।
उनले श्रीमतीको बलात्कार पछि हत्या भएको भन्ने बहाना बनाउन आफ्नै सरिरमा पनि चक्कुले घाउ बनाएका छन्। श्रीमतीको योनांगमा पनि चक्कु पसारएको स्वीकार गरेका छन् । उनले बलात्कार गरेर चार जना नकाबधारीले हत्या गरेको हो प्रहरीलाई एक दिनभरी गुमराहमा पनि राखेका थिए ।
‘महिलाको हातमा हिमबहादुरको कपाल देखेपछि मात्रै हत्या श्रीमानले नै गरेको हो भन्ने निष्कर्षमा पुगियो, अनी अनुसन्धान गर्दै जाँदा हिमबहादुरले हत्या गरेका स्वकार गरे’ कैलालीका प्रहरी उपरिक्ष राजेन्द्र विष्टले भने । उनले नकाबधारीले हत्या गरेको खबर पछि चार वटा ईलाकाबाट खटिएको प्रहरी टोलीले दिनभरी जंगल सर्च गरेको बताए।
प्रहरीले हिमबहादुरका विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता गरेर कारवाही अघि बढाएको छ ।
यौन सम्पर्क गर्न नदिएको झोंकमा श्रीमतीको हत्या..
0 comments
Write Down Your Responses