ओली सरकारमा चार मन्त्री र चार राज्यमन्त्री, भागवण्डा मिलाउन तीन मन्त्रालय टुक्राइयो,

भागवण्डा मिलाउन तीन मन्त्रालय टुक्राइयो
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम मन्त्रिमण्डल विस्तार भएको हो । ओली सरकारका नयाँ मन्त्रीहरुमा नेपाल परिवार दलका एकनाथ ढकाल, समाजवादी जनता दलका प्रेमबहादुर सिंह, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका शिबलाल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा रहेका छन् । 

राप्रपाका बोहोराले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी शिबलाल थापाले विज्ञान तथा प्रविधि मन्त्रालय र प्रेमबहादुर सिंहले सरसफाइ तथा खोनपनी मन्त्रालयको जिम्मेवार पाएका छन् । परिवार दलका एकनाथ ढकाललाई मन्त्रालय तोकिसकिएको छैन ।
ओली सरकारलाई समर्थन गरेका साना दललाई भाग पुर्‍याउन आजै बसेको मन्त्रिपरिषद् बैठकले तीनवटा मन्त्रालय टुक्राउने निर्णय गरेको छ ।
ओली सरकारले स्वाथ्य तथा जनसंख्या मन्त्रालयबाट जनसंख्या निकालेको छ । त्यसैगरी विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयबाट वातावरण निकालेको छ । जनसंख्या तथा वातावरण मिलाएर ‌‌‌ओली सरकारले जनसंख्या तथा वातावरण मन्त्रालय बनाउने निर्णय गरेको छ ।
साना दलको चित्त बुझाउन सहरी विकास मन्त्रालयलाई पनि फुटाइएको छ । त्यहाँबाट फुटाएर नयाँ सरसफाइ तथा खोनपनी मन्त्रालय बनाउने निर्णय ओली सरकारले गरेको छ। 
यसअघि विनाविभागी मन्त्री रहेकी शान्ता मानवीलाई शान्ति तथा पुननिर्माण मन्त्रालयको जिम्मेवारी दिइएको छ । 
ओली सरकारमा राज्यमन्त्री पनि थपिए 
ओली सरकारमा राज्यमन्त्रीहरु पनि थपिएका छन् । राज्यमन्त्री हुनेहरुमा मन्जु चाैधरी, दिनेशचन्द्र यादव, दामोदर भण्डारी र बलबहादुर महत रहेका छन् । 
राज्यमन्त्री बन्ने सबै जना एमालेका रहेका छन् । एमालेबाट जुम्लाका महत, बाँकेका यादव, उदयपुरकी  चौधरी र बैतडीका दामोदर भण्डारी राज्यमन्त्री बनेका हुन् ।

,

0 comments

Write Down Your Responses