अस्पतालमा आगाेलागि हुदा २५ को मृत्यु

रियाद : साउदी अरेबियाको दक्षिणी क्षेत्रमा रहेको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । 
बिहीबार भएको सो आगलागीका कारण अरु करिब १०७ जना गम्भीर रुपमा घाइते भएका छन् । साउदी अरेबियाको नागरिक रक्षा निकायले सो जानकारी दिएको हो । उक्त निकायले बिहीबार जनाएअनुसार साउदी अरेबियाको दक्षिणी क्षेत्रमा रहेको अस्पताल जाजन जनरल हस्पिटलमा बिहीबार बिहान आगलागी भएको हो ।उक्त अस्पतालको सघन उपचार कक्षबाट आगो निस्किएको थियो । पछि आगो अस्पतालको मातृ स्वास्थ्य कक्षमा पुगेर फैलिएको जनाइएको छ । 
उक्त निकायको पछिल्लो ट्वीटर अकाउन्टमा भनिएको छ– हाल सो अस्पतालको दुर्घटनाको अनुसन्धान जारी रहेको छ र आगलागीको अवस्था नियन्त्रणमा आइसकेको छ । 
त्यस आगलागीको नियन्त्रणका लागि उक्त नागरिक रक्षा निकायका २१ जना उद्वारकर्मीले उद्वारको कार्य जारी राखेका छन् । 
मारिने २५ जनामा सो अस्पतालका कर्मचारी वा विरामी को हुन् भन्ने बारेमा भने केही बताइएको छैन । 
गएको अगष्ट महिनामा पनि साउदी अरेबियाको पूर्वी क्षेत्रमा आवासीय भवनमा भएको यस्तै अर्का आगलागीमा परी १० जनाको ज्यान गएको थियो र अरु २५९ जना घाइते भएका थिए । 
साउदी अरेबियामा विद्युतीय लाइनमा भएको गडबडीका कारण यसरी आगलागी हुने गर्दछ । रासस

,

0 comments

Write Down Your Responses