भारतको वनरक्षकले नेपालको २१ वर्षीय शेरबहादुर डाँगीलाई गोली हाने पुरा पढौ

नेपालगन्ज : भारतीय वन रक्षकहरुले एक नेपाली युवालाई गोली प्रहार गरेका छन् । 
भारतको बहराइच जिल्लाको मुर्तिहास्थित वन कर्मचारीहरुले बर्दियाको गुलरिया–१२ टेपरीका २१ वर्षीय शेरबहादुर डाँगीलाई गोली प्रहार गरेका हुन् । 

बर्दिया प्रहरीका अनुसार घाइते डाँगीको  टाउकोमा गोलीको छर्रा  लागेको छ । उनलाई उपचारका लागि नेपालगन्ज ल्याइएको छ । दाउरा खोज्न गएका डाँगीमाथि भारतीय वन रक्षकले गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ । 
भेरी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धिरु वन्यातले घटना यथार्थ अवस्था बुझने काम भइरहेको बताए । 
भारतीय सुरक्षाकर्मीले नेपाली माथि पटक पटक बर्दियाको सीमावर्ती क्षेत्रमा दुव्यर्वहार गर्ने गरेका छन् । पटक पटक नेपालीलाई भारतीय पक्षले दुःख दिँदै आएका छन् ।  

,

0 comments

Write Down Your Responses