सुनको मूल्य दिन दिनै ओरालो जादै, आजको कारोबार मूल्य ..
५ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ४८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ ।
शुक्रबार सुन प्रतितोला ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन सुनको मूल्य एकैपटक तोलमा ७ सय रुपैयाँले बढेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव जारी रहँदा त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको छ । आइतबार तेजावी सुनको मूल्य भने ४७ हजार ७ सय ५० रुपैयाँ तय भएको छ ।
चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । शुक्रबार ६ सय ७० रुपैयाँमा किनबेच भएको चाँदी आज ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

0 comments
Write Down Your Responses