बाजुरा केन्द्रबिन्दु बनाएर ठूलो भूकम्पको धक्का महसुुस

काठमाडौं: शनिबार बिहान बाजुरा केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । 

बाजुराको जगन्नाथलाई केन्द्रबिन्दु बनाएर बिहान ४ बजेर २ मिनेटमा गएको भूकम्पको धक्का बाजुरा, अछाम, जुम्ला, दार्चुला, र बैतडी जिल्लामा कडारुपमा महसुस भएको थियो ।

भूकम्पको धक्का भारतको उत्तराञ्चलका विभिन्न भाग र उत्तर प्रदेशको लखनउ र भारतीय राजधानी दिल्लीमा पनि महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।यो वैशाख १२ यताकै सबैभन्दा ठूलो भूकम्पको धक्का हो ।  रेकर्डअनुसार गत जुन जुन २० मा रुकुम केन्द्रबिन्दु बनाएर ५.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । 

वैशाख १२ मा गएको ७.२ म्याग्निच्यूडको भूकम्पपछि वैशाख २९ मा ६.८ म्याग्निच्यूडको परकम्प गएको थियो । 

तर, आज गएको भूकम्प भने त्यसयताकै शक्तिशाली नयाँ भूकम्प रहेका भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । 

यो भूकम्पबाट सुदूरपश्चिममा घरहरु हल्लाएपनि भौतिक क्षति भएको विवरण आएको छैन । 

,

0 comments

Write Down Your Responses