१३ औ महाधिबेशनको लागि १३ समिति गठन

काठमाडौं, पुस १ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बुधबार(आज)बाट सुरु हुँदै छ । पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा १३ औं महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने भएको छ । बैठकमा पार्टीको विधान संशोधनलगायत विभिन्न तयारी समितिको गतिविधिका बारेमा छलफल हुने छ । महाधिवेशनका लागि यसअघिको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न १३ समिति गठन गरेको छ /भारतको अघोषित नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलनले स्थानीय तहको अधिवेशनमा पार्ने प्रभावका बारेमा पनि केन्द्रीय कार्यसमितिमा छलफल हुने छ । तराई मधेसका सांसद र पार्टी सभापतिहरुले आन्दोलनका कारण पार्टीका नेता तथा कार्यकर्ता जिल्ला जान कठिनाई भएको बताउँदै आएका छन् ।

, ,

0 comments

Write Down Your Responses