महिनावारी भएको समयमा यौन सम्पर्क गर्नु कत्तिको ठीक हो या होइन ? जानी राखौ
महिनावारीको वेला सेक्स गर्नु ठीक हुन्छ कि हुँदैन ? यो कुरा महिला/पुरुष ज्यादै पिरोल्ने विषय हो । धार्मिक
एक स्वस्थ केटी/महिलासंग महिनावारी भएको बेला यौन सम्पर्क राख्नाले लिङ्गमा कुनै प्रकारको सङ्क्रमण वा एलर्जी हुदैन भने महिलाको पाठेघर वा अन्य यौन अङ्गलाई पनि कुनै असर पर्दैन । तर महिलालाई एचआईभी तथा यौनजन्य सङ्क्रमण भएको छ भने उसको यौन साथीलाई एचआईभी तथा यौनजन्य सङ्क्रमण हुने सम्भावना भने यति वेला अन्य सामान्य अवस्थामा भन्दा धेरै हुन्छ ।पहिलो कुरा, महिनावारीको समयमा यदि तपाईको पार्टनर/महिलाको योनीमा पीडा छैन भन्ने सेक्स गर्दा कुनै हानिकारक मानिदैन । यदि तपाईको पार्टनरलाई कुनै आपत्ति छैन भने तपाई कण्डमविना नै सेक्स गर्न सक्नुहुन्छ । यसले कुनै प्रकारको विराम सिर्जना हुँदैन र कुनै शारीरिक विकार पनि उत्पन्न गराउँदैन । महिनावारीको वेला असुरक्षित यौन सम्पर्क (परिवारनियोजनका साधन प्रयोग नगरी) गरेमा गर्भ रहने सम्भावना धेरै कम हुन्छ किनकि डिम्ब निस्केर शुक्रकीटसंग भेट नभएपछि डिम्ब मात्र पाठेघरमा आउछ र त्यति वेला बाक्लो भइ रहेको पाठेघरको भित्री तहको पनि काम हुदैन । सोही कारण डिम्ब सहित त्यो बाक्लिएको तह रगतका रूपमा बाहिर आउछ । त्यही नै महिनावारी हो ।त्यसैले यति वेला शुक्रकीटको मिलन डिम्बसंग नहुने हुनाले गर्भ रहने कुरै हुदैन ।तर यदि कसैको महिनावारी छिटो छिटो जस्तैस २० दिनमा नै हुन्छ भने महिनावारी भएको ४ – ५ दिनमा यौन सम्पर्क राख्नाले महिला गर्भवती हुन सक्छे । त्यसैले आफू सुरक्षित हुनका लागि सधै कन्डमको प्रयोग गर्नु निकै आवश्यक छ । यसले गर्भ निरोधकको काम गर्नाका साथै यौनजन्य रोगहरू सर्नबाट पनि जोगाउछ ।दोस्रो जान्नै पर्ने कुरा, महिनावारीको समयमा महिलाको योनी अरु वेलाभन्दा गिलोपन हुन्छ, जसले सहवास प्रक्रिया सजिलो पनि गराउँछ । यो कुरा भुल्नै हुँदैन, यदि महिनावारीको समयमा तपाईको महिला पार्टनरमा कुनै प्रकारको इन्फेक्सनको आंशका छ भने तपाईले सेक्स गर्दै नगर्नुस् । (एजेन्सीबाट)

0 comments
Write Down Your Responses