कस्तो अचम्म छ बा ! हिराको औठी सानो भएको भन्दै युवतीद्धारा विहे अस्विकार ,,,
विशेष समारोहबीच विवाहको प्रस्ताव गर्न ठीक्क परेका प्रेमीले आफ्नो लागि उपहारको रुपमा ल्याएको हिराको औँठी सानो भएको निहुँमा उनले युवकको बिहे प्रस्तावलाई लात हानेकी हुन् ।
युवकले हिराको औँठीको साथ युवतीलाई प्रपोज गर्ने र कुरो प्रपोजल समारोहलाई रमाइलो बनाउनका लागि सांगितिक समूह समेत तयार पारेका थिए । सांगितिक समूहले सहरको चोकमा नाचगान प्रस्तुती पनि गरेको थिए । आफ्नो ब्वाइफ्रेण्डले आफ्नो खुसीका लागि यति धेरै गरेको देखेर सुरुमा त युवतीका आँखाबाट आँशु खसे । तर जब युवकले प्रपोज गर्ने बेलामा उनलाई औँठी लगाइदिन खोजे तब युवतीले तत्कालै आफ्नो हात खोसिन् । औँठी सानो भएको भन्दै उनी युवकको विवाह प्रस्तावलाई लत्याउँदै त्यहाँबाट हिँडिन् ।
पहिले कुराकानीका क्रममा एक क्यारेटको हिराको औँठी लिएर आउने समझदारी भएपनि केटाले सानो औँठी ल्याएर आफुलाई झुक्याएको युवतीको गुनासो छ । यो घटनाका बारेमा चिनिया सोसल साइटमा खुबै चर्चा भइरहेको छ र धेरैले युवतीलाई आलोचना गरेका छन् ।
0 comments
Write Down Your Responses