राजेन्द्र महतो को उपचार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भैरहेको
पुष १३, काठमाडौं ।
सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको रगतमा चिनीको मात्रा उच्च पाईएको छ ।
गत शनिवार बिराटनगर–जोगवनी नाकामा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा घाईते भएका महतोलाई बिराटनगरस्थित गोल्डेन अस्पतालबाट गएराती धरान लगिएको हो ।
चिनीको मात्र उच्च हुनुका साथै टाउको र खुट्टामा लागेको चोट तथा रिगंटा लागिरहेकाले अझै केही दिन चिकित्सकीय निगरानीमा राख्नु पर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
0 comments
Write Down Your Responses