पेट्रोल ठगी गर्न सिपालु 'मास्टरमाइन्ड' भएको ::साह हेर्नुहोस कसरि ठगि गर्दा रहेछन
काठमाडौं: पेट्रोलियम पदार्थमा ठगी प्रकरणमा मुछिएसँगै पक्राउ परेका नापतौल विभागका पूर्वमहानिर्देशक रामआधार साह र नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्मामाथि प्रहरीले अनुसन्धान गर्दा ठगीको 'मास्टरमाइन्ड' साह रहेको खुलेको छ। भारतबाट पेट्रोल पम्पमा रिमोट प्रविधि भित्र्याउने कार्यमा मुख्य संलग्नता साहको रहेको महानगरीय प्रहरी अपराध महाशाखाको दाबी छ।पेट्रोलियम
सुरुमा साहको नाम नबताएपछि प्रहरीले कल डिटेल चेक गर्दा केही पम्पका मालिक र पक्राउ परेका भारतीय प्राविधिकसँग साहको फोनसम्पर्क देखिएको थियो। पम्पहरूमा तेलको मापन गर्ने उपकरण (रिमोट, रिसिभर, डिभाइस, गियर, स्विच, कोड र सेफ्टी पिन) पम्पमा जडान गरेका भारतीय प्राविधिकले साहले नै कमिसन लिएर उपकरण जडान गर्न लगाएको बयान प्रहरीलाई दिएका छन्।
पेट्रोलियम पदार्थ ठगी प्रकरणमा पक्राउ परेका साह र शर्माबीचको कनेक्सन प्रहरीले खोजी गरिरहेको जानकारी महाशाखाका प्रवक्ता एसपी सहकुल थापाले दिए। 'डाइरेक्ट कनेक्सन नदेखिए पनि गोप्य रूपमा उनीहरूबीच चिनजान हुनुपर्छ भन्ने हाम्रो दाबी हो', एसपी थापाले दिए।
२५ वर्षदेखि मेन्युयल पेट्रोलपम्पमा प्राविधिकको काम गर्दै आएका सिद्दिकी र साहको भने पटकपटक भेटघाट हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। स्रोतका अनुसार तीन वर्षअगाडि शर्मा अमलेखगन्ज डिपो प्रमुख हुँदा साह नापतौल तथा गुणस्तर विभागका महानिर्देशक थिए।
राष्ट्रिय उपभोक्ता मञ्चले अमलेखगन्ज डिपोमा एक ट्यांकर तेल हाल्दा प्रत्येक ट्यांकरबाट एक सय ३५ लिटर तेल कम राख्ने गरेको प्रतिवेदन उद्योग मन्त्रालय र वाणिज्य मन्त्रालयलाई बुझाएको थियो। वाणिज्यले तत्कालीन उपसचिव नुतराज पोखरेलको संयोजकत्वमा कार्यदल बनाएर अनुगमन गर्दा सोही व्यहोरा पाएपछि कारबाहीका लागि मन्त्रालयमा प्रतिवेदन पठाएको थियो।
नापतौलको हाकिम साह भए पनि शर्मालाई कारबाही गर्नुको साटो उल्टै मिलेमतोमा उम्काएका थिए। मञ्चले पुनः अख्तियारमा मुद्दा हाले पनि कुनै सुनुवाइ भएको छैन।
मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्छन्, 'हामीले सरकारलाई समयमै घच्घच्याएका थियौं, त्यति बेला कुरा सुनेन, अहिले त्यसैको परिमाण हो यो।'
0 comments
Write Down Your Responses