वीरगञ्ज घटनापछि भारतले नेपाललाई भन्यो- ‘भिडन्त गर्न खोजेको हो ?



सोमबार, १६ कार्तिक काठमाडौं - भारतले वीरगञ्ज घटनाले नेपाल सरकार आन्दोलनकारीसँग भिडन्तको मुडमा देखिएको बताएको छ । उस्ले नेपाल सरकारले आन्दोलनको शान्तिपुर्ण अवतरण विर्सेर थप भिडन्त निम्त्याउन खोजेको आरोप समेत लगाएको छ । 

भारतीय विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तीमा वीरगञ्जमा निर्दोष भारतीय नागरिक मारिएको पनि बताएको छ । विज्ञप्तीमा वीरगञ्ज घटनालाई गम्भिर चासोका रुपमा लिइएको उल्लेख छ । भारतीय विदेश मन्त्रालयको विज्ञप्तीमा सीमा नजिकै भएकाे घटनाले भारतका यातायात व्यावसायीहरु थप त्रसीत भएको र उनीहरुलाई जोखिम मोलेर नेपाल नजान निर्देशन दिइएको पनि उल्लेख छ । 

भारतले यस अघि पनि नेपाल असुरक्षीत रहेको भन्दै आपुर्ति रोकेको थियो । विज्ञप्तीमा नेपालको पछिल्लो अवस्था बारे सुष्म अध्ययन गरिरहेको पनि उल्लेख छ । भारतकै रणनीतिमा नेपाल प्रहरीले सीमामा धर्नामा बसेकालाई हटाएको थियो । भारतीय गाडीहरु सीमा पार भएपछि भारतले नै आन्दोलनकारी सीमा नाकामा पठाएर प्रहरीमाथि ढुंगामुढा गर्न लगाएको थियो । तत्पश्चात् भएको झडपमा भारतीय नागरिक मारिएका हुन् भने बिहान पक्राउ परेका आन्दोलनकारी मध्ये ५ जना भारतीय नै थिए ।

, , ,

1 comments

tero desho ko karyakarta laija .. nepal aafai shanta hunxa...

Write Down Your Responses