मधेसी मोर्चाका कार्यकर्ताका लागि भारतमा सञ्चालित खाना खुवाउने मेस बन्द गर्यो
वीरगन्ज : वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलमा धर्नामा बसेका मोर्चाका नेता कार्यकर्ताका लागि भारतीय व्यपारीले रक्सौलमा सन्चालन गरेको सामूहिक मेस सोमबार बिहानदेखि बन्द भएको छ ।
मितेरी पुलमा धर्नामा बसेका मोर्चाका कार्यकर्ताहरुलाई नेपाली सुरक्षाकर्मीले सुतेकै ठाउँबाट हटाएपछि रक्सौलको मेस पनि बन्द भएको हो ।
असोज ७ गतेदेखि नाकामा धर्ना शुरु भएपछि रक्सौलका व्यपारी महेश अग्रवालले मोर्चाका नेता कार्यकर्ताहरुलाई बिहान बेलुकाको खाना खुवाउन निशुल्क मेस चलाएका थिए ।
मेसमा बिहान र बेलुका गरी दैनिक झण्डै एक हजार आन्दोलनकारीले खाना खाँदै आएका थिए । तर, सोमबार बिहानदेखि भने अग्रवालले मेस बन्द गरेका छन् ।
सोमबार आन्दोलनमा प्रहरीको गोलीबाट भारतीय युवकको मृत्यु भएपछि रक्सौलमा सञ्चालित खानाको मेस बन्द भएको हो ।
मंगलबार दिउँसो मधेसी मोर्चाका नेताहरुले अग्रवाललाई रक्सौलमै भेटेर मेस फेरि सन्चालन गर्न आग्रह गरे पनि उनले मेस चलाएका छैनन् ।

0 comments
Write Down Your Responses