भारतको नाकावन्दीविरुद्ध राष्ट्रसंघ भवन अगाडि प्रदर्शन बेर्नस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइयो (भिडियोसहित)
१९ कात्तिक, स्वीटजरल्याण्ड
भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको बिरोध गर्दै स्वीट्जरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि नेपालीहरुले विरोध प्रदर्शन गर्दैछन् । विरोध प्रदर्शन कार्यक्रम दिनको २ः३० बजे सुरु हुनेछ ।
संयुक्त राष्ट्र संघको मानव अधिकारसम्बन्धी बैठकमा भाग लिन नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा स्वीटजरल्याण्ड पुगेकाबेला नेपालीहरुले भारतविरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।भारतीय दूतावासमा ज्ञापनपत्र
भिडियो हेर्नुहोस्
भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको बिरोध गर्दै स्वीटजरल्याण्डको राजधानी बेर्नमा समेत नेपाली समुदायले प्रदर्शन गरेका छन् । ऐक्यवद्धता मञ्च स्वीटजरल्याण्ड, नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्ड र प्रवासी नेपाली मञ्च स्वीटजरल्याण्डले संयुक्तरुपमा विरोध प्रदर्शन गर्दै भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएका छन् । स्वीटजरल्याण्डबासी नेपालीहरुले बुझाएको ज्ञापनपत्रमा नाकाबन्दी अन्तराष्ट्रिय कानुन विपरीत भएको भन्दै तत्काल खुलाउन माग गरिएको छ ।

0 comments
Write Down Your Responses