रोजगारिको सुवर्ण अवसर, गुण नियन्त्रण विभागले साढे ३ सय जागिर खुलाउँदै
२३ कात्तिक, काठमाडौं ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्तीमा ३ सय ६५ जना कर्मचारी थप गर्न दरबन्दी स्वीकृतिका लागि वाणिज्य मन्त्रामलयसँग प्रस्ताब गरेको छ ।
२३ वर्षदेखि कर्मचारी नथप्दा जनशक्तिको अभावमा प्रभावकारीरुपमा काम गर्न नसकेकाले दरबन्दी थप्न माग गरिएको विभागका महानिर्देशक सञ्जीबकुमार कर्णले जानकारी दिए ।
‘अहिले विभागमा २ सय ४१ कर्मचारी छन । विभागलाई १४ सय कर्मचारी चाहिएको छ । महानिर्देशक कर्णले भने – तर, तत्कालका लागि ६ सय ६ जना बनाउनुपर्ने प्रस्ताब मन्त्रालयमा पठाएका छौं ।
मन्त्रालयबाट स्वीकृत भएलगतै लोकसेवा आयोगबाट दरबन्दी स्वीकृत गराई कर्मचारी भर्ती गर्न थालिने उनले बताए ।
‘२०५२ सालको दरबन्दीअनुसार नै अहिलेको परिस्थितिमा पनि काम गर्नुपर्दा हामीले प्रभावकारी काम गर्न सकिरहेका छैनौं’ कर्णले भने ।
पहिलो चरणकोरुपमा विद्यमान ११ स्थानको संरचना ४३ स्थानमा विस्तार गगर्ने कार्ययोजना रहेको कर्णले बताए । संघीय नेपालको संविधान २०७२ जारी भइसकेकाले संघीय संरचनाअनुरुप विभागको संरचना र दरबन्दी थप गर्ने पनि गृहकार्य भइरहेको उनले जानकारी दिए ।

0 comments
Write Down Your Responses