सार्वजनिक सवारीलाई दिइने डिजेलमा पनि कटौति
२३ कात्तिक, काठमाडौं ।
नेपाल आयल निगमले सार्वजनिक सवारीलाई दिने डिजेल परिमाणमा ६० प्रतिशत कटौति गरेको छ । डिजेल कटौतीसँगै सडकमा निकै न्युन मात्रामा गाडी चलेका छन् ।
आयल निगमले काठमाडौंमा आइतबारदेखि ८० हजार लिटर मात्रै डिजेल बजारमा पठाउन सुरु गरेको छ । यसअघि औषतमा दैनिक २ लाख लिटर डिजेल वितरण आएको थियो ।
सरकारी पम्पबाट मात्रै वितरण
यसअघि निजी पम्पहरुबाट पनि डिजेल बाँडिरहेको निगमले आइतबारदेखि सरकारी तथा साझा पम्पहरुबाट मात्र डिजेल वितरण सुरु गरेको हो । निगमले आइतबार ९ वटा सरकारी तथा साझा पम्पहरुबाट ८० हजार लिटरमात्रै डिजेल वितरण गरेको थियो ।
सोमबार पनि निगमले कम परिमाणमा डिजेल वितरण गर्ने निगमका निमित्त निर्देशक सुशिल भट्टराइले जानकारी दिए । भारतबाट ५ दिनसम्म भारतबाट एक थोपो तेल नआएपछि निगमको काठमाडौंस्थित थानकोट डिपोमा डिजेलको मौज्दात घट्दै गएको निमित्त निर्देशक भट्टराईले बताए ।
आइतबार राति केही नाकाबाट इन्धन बोकेका ट्यांकर नेपाल आएका छन् । तर, त्यतिका भरमा आपूर्ति सहज नहुने निगमले जनाएको छ ।
अब भारतबाट तेलको आयात सहज नभएसम्म निजी पम्पहरुलाई डिजेल दिन नसकिने आयल निगमले जनाएको छ ।
नाकाबन्दीको समयमा पनि भारतबाट पेट्रोलभन्दा बढि डिजेल आउने गरेको थियो । तर, वीरगञ्जमा सोमबार प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको घटनापछि भारतले तेल बोकेका ट्यांकरको भन्सार पास गराउन छोडेपछि निगम डिजेलमा पनि अभाव देखिएको हो ।
आपूर्ति केही दिनसम्म पनि सहज नभए निमलाई केही दिन भित्रै अत्यावश्यक सेवालाई मात्र डिजेल बाँड्नुपर्ने अवस्था आउने छ ।
तिहारमा यात्रुलाई थप सास्ती हुने
तिहारकनेा समयमा पर्याप्त डिजेल पाउन छाडेपछि सोमबारदेखि सडकमा निकै न्युन मात्रामा गाडी चलेका छन् । जसले तिहारका लागि घर जाने र फर्किने यात्रुले थप कष्ट बेर्होनुपर्ने देखिएको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सडकमा १५ प्रतिशत मात्र सार्वजनिक सवारी गुडेको बताए ।

0 comments
Write Down Your Responses