भगौडा प्रहरीले प्रहरीलाई नै गोली चलाउँदा यस्तो हालत(भिडियो) -

काठमाडौं, मंसिर १३ । दुई वर्षअघि एसएलआर हतियारसहित भागेका नेपाल प्रहरीका भगौडा जवान काठमाडौंको सुन्धाराबाट पक्राउ परेका छन् । उनीसँगै अर्का रमेश पट्टेल नामका अर्का एक जना पनि पक्राउ परेका छन् । दुबैलाई प्रहरीले सुन्धारास्थित लुम्बिनी पाहुन घरबाट पक्रेको हो । छोटेलाल ठाकुर रहेको महानगरीय प्रहरी अपराध महाशाखा महाशाखाले जनाएको छ । पक्रन होटल आएको प्रहरीलाई देख्नासाथ गोली चलाएपछि प्रहरीले जवाफी कारवाही गर्दा ठाकुरको घुँडामा गोली लागेको छ । ठाकुरसँगै रहेका अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहट वरियारपुर–८ का बासिन्दा रहेका ठाकुरसँग चाइनिज कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने सात वटा गोली पनि प्रहरीले बरामद गरेको छ । घाइते ठाकुरको वीर अस्पतालमा उपचार भइरहेको छ । ठाकुर लूटपाट, फिरौतीलगायत अपराधमा संलग्न रहेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।

,

0 comments

Write Down Your Responses