नाकाबन्दी पीडितलाई भूइँचालो पीडितको औषधि ! (ग्राण्डीको बदमासीः भूकम्प पीडितलार्इ बिदेशीले दिएको औषधि ६ महिना लुकाइयो ) सम्बन्धित निकायासगको अन्तर्वार्ता (भिडियो सहित )
१३ मंसिर, काठमाण्डौ । नेपालकै सुविधा सम्पन्न एवं विदेशी लगानीसमेत रहेको ग्राण्डी अस्पतालले सरकारका नाममा भूकम्पपीडितका लागि आएको ५ करोड रुपैयाँ बराबरको औषधि ६ महिनासम्म लुकाएको रहस्य खुलेको छ ।
गत बैशाखमा गएको भूकम्पबाट पीडित नेपालीहरुका लागि दुबईको एनएमसी ग्रुपले करिब १८ लाख दिराम बराबरको औषधि नेपाल पठाएको थियो । एनएमसीको वेबसाइटमा मे १३ (बैशाख ३० गते) तारिखमा छापिएको समाचारमा ‘गत हप्ता ती औषधि एयर कार्गोमार्फत नेपाल पठाइएको’ भनिएको छ ।
ग्राण्डी अस्पतालमार्फत पठाइएका ती औषधि नेपाल सरकार र अन्य संस्थालाई हस्तान्तरण गरिने समाचारमा जनाइएको थियो । बैशाखको अन्तिम साता नै एयरलिफ्ट गरी पठाइएका ती औषधि ग्राण्डीले लामो समयसम्म सरकारलाई जानकारी नै नदिई लुकाएको तथ्य हालै मात्र सार्वजनिक भएको छ ।
यस्तो छ ग्राण्डी अस्पतालका सूचना अधिकृत बिनोद अधिकारीसँगको प्रश्नोत्तर:
तपाईहरुको अस्पतालमा आयोजित कार्यक्रममा सरकारलाई हस्तान्तरण गरिएको औषधि कसले दिएको हो ? अस्पतालले कि उपेन्द्र महतोले ?
– यो औषधि उपेन्द्र महतोले दिनुभएको पनि हैन, ग्राण्डीले दिएको पनि हैन, दुबईको एनएमसी ग्रुपले अस्पतालमार्फत् सरकारलाई दिने भनेर पठाएको हो ।
कहिले पठाइएको थियो औषधि ?
– यो भूकम्पकै बेला पठाइएको औषधि हो । हामीले गोदाममा राखेका थियौं, हामीले बाँड्न पाउने औषधिहरु त सिन्धुपाल्चोकतिर बाँडिसक्यौं, फूलकुमारी महतो ट्रष्टअन्तर्गतको अस्पतालले पनि बाँडयो होला ।
भूकम्पका बेला पठाएको भन्नुभयो । आउन ढीला भएर हो कि किन अहिले मात्र बाँड्नुभएको ?
– हैन, आएको त भूकम्पकै बेलामा हो । सरकारले अहिले अत्यावश्यक औषधि अभाव भयो भन्यो त्यसैले अहिले दिएको ।
भूकम्पका बेला आएको औषधि सात महिनासम्म किन गोदाममा राखेर सरकारलाई नदिएको त ?
– औषधि आउन ढिलाइ पनि भएको हो । हामीले सरकारको औषधि सुरक्षित नै राखिदिएका थियौं, अहिले आवश्यक परेर दियौं ।
त्यसोभए एनएमसीले नेपालका नाकाबन्दी पीडितलाई भनेर औषधि दिएको हैन, भूकम्पपीडितका लागि भनेर दिएको औषधि तपाईहरुले अहिलेमात्रै सरकारलाई दिनुभएको हो ?
– हो । एनएमसीले नाकाबन्दीका लागि भनेर औषधि पठाएको हैन ।


0 comments
Write Down Your Responses