राष्ट्रपति र प्रधानमन्त्रीको पदावधि बढ्यो



काठमाडौं - जारी व्यवस्थापिका संसदको अधिवेशन शनिबारबाट अन्त्य भएको छ । आइतबार संविधान जारी हुनेछ । संविधानले संक्रमणकालिन व्यवस्था अन्तरगत संविधान जारी भएको अवस्थामा संसद अधिवेशन जारी रहेको भए सात दिन मानि प्रधानमन्त्री र एक महिना भित्र राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था छ । शनिबार संसदको अधिवेशन अन्त्य भएको छ । 

अब राष्ट्रपतिले नयाँ अधिवेशन आह्वान नगरि संसद चल्दैन । यस कारण पनि अब नयाँ प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदहरुमा नयाँ निर्वाचन गर्ने मिति सर्ने भएको हो । संविधान जारी भए लगत्तै सतरोहणको चर्चा चलेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न अझै केही समय लाग्ने भएको छ । यस बीचमा प्रधानमन्त्री सुशील कोइराला अमेरिका जाँदैछन् । उनी दश दिन अमेरिकामै रहनेछन् । उनी फर्कीएपछि मात्र नयाँ सरकार गठन हुनेछ ।

, , ,

0 comments

Write Down Your Responses