‘वडा नम्बर ६’ को बम्पर ओपनिङ्ग, ‘माग्नेबुढा’को हाई हाई, दिपाश्री यसरी रोईन् धुरुधुरु
आजबाट सार्वजनिक प्रर्दशनमा आएको चलचित्र ‘वडा नम्बर ६’ ले काठमाण्डौंका सबै हलहरुमा हाउसफुलको ब्यापार गर्दै बम्पर ओपनिङ्ग गरेको छ । चलचित्रका वितरकसहित ‘वडा नम्बर ६’ को टोली काठमाण्डौंका विभिन्न हलहरुमा दिनभरि दर्शकहरुसँग भेटघाट गरेर फिल्मबारे प्रतिक्रिया लिएको छ ।
विहानै दिपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा ‘गैंडा’, केदार घिमिरे ‘माग्ने बुढा’, सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, आर. पी. भट्टराई, निशान्त बजगाई, वितरक गोपाल कायस्त लगायतको गोपिकृष्ण हलमा पुगेका थिए ।
गोपीकृष्णको विहानी शो मा कृष्ण हलमा हाउसफुल भएपछि राधामा पनि फिल्म लगाईयो भने दिउसोको शो मा सबैभन्दा ठुलो हल गोपीमा हिन्दी सिनेमा ‘कट्टी बट्टी’लाई हटाएर ‘वडा नम्बर ६’ नै लगाईयो ।
गोपीकृष्ण प्राङ्गगणमा दर्शकले ‘माग्ने बुढा’लाई बोकेर उचाले भने दिपक, धुर्मुस, दिपाश्री तथा सुन्तलीलाई पनि दर्शकहरुसँग फोटो खिच्न र अटोग्राफ दिन भ्याई नभ्याई भयो ।
‘सबै हलहरुबाट ब्यापारको डाटा आईसकेको छैन, तर चलचित्रको जुन किसिमको ओपनिङ्ग छ, यसबाट प्रष्ट हुन्छ वडा नम्बर ६ ले सुनामी ल्यायो’, चलचित्रका राजधानी वितरक गोपाल कायस्त यस्तो प्रतिक्रिया दिन्छन् ।
चलचित्रको चिन्ताले विहिबार रातभरी निन्द्रा नलागेको भनेर सुनाउने निर्मात्री दिपाश्री हलमा दर्शकको ओईरो लागेपछि खुशीले भक्कानिदै रोईन् । उता अर्की निर्मात्री कुञ्जना घिमिरेले भने खुशी हुदै सबैको सामु उनका श्रीमान धुर्मुसलाई गालामा म्वाई खान समेत भ्याईन् ।
काठमाण्डौ, भक्तपुर र ललितपुर गरि जम्मा २४ वटा हलहरुबाट प्रर्दशनमा आएको ‘वडा नम्बर ६’ ले मल्टिप्लेक्सहरुमा पनि निकै राम्रो शुरुवात गरेको निर्माता दिपकराज गिरीले जानकारी गराए ।
उज्जल घिमिरेको निर्देशनमा बनेको चलचित्र ‘वडा नम्बर ६’ मा १० बर्षे जनयुद्वको बेलाको कथालाई प्रस्तुत गरेको छ । प्राय सम्वादहरुमा दर्शकहरुलाई मज्जाले हसाउने यस सिनेमाले बेला बेला दर्शकको आखाँमा आसु झार्न पनि सफल भएको देखिन्छ । चलचित्र ‘वडा नम्बर ६’ उपत्यका बाहिर भने केही समय पछि रिलिज हुनेछ । उपत्यका बाहिर चलचित्रलाई एफ. डि. कम्पनीले वितरण गर्नेछ ।
हेर्नुहोस भिडियो सहित
1 comments
Write Down Your Responses

September 19, 2015 at 3:13 PM
http://www.djkingsangaram.wapka.mobi/index.html