साफ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा, नेपालको लागी अग्नि परीक्षा



३०, भदौ काठमाडौं - साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत एकै समूहमा परेका छन् । यो वर्षबाट साफ सुजुकी कप नाम दिइएको प्रगियोगिताको ११ औं संकरण डिसेम्बर २३ देखि भारतमा हुनेछ । बुधबार सार्वजनिक ड्रमा नेपालसँगै भारत, श्रीलंका र पाकिस्तान समूह एमा परेका छन् । समूह बीमा साविकको विजेता अफगानिस्तानसँगै माल्दिभ्स, भुटान र बंगलादेश छन् । 

नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग डिसेम्बर २३ मा खेल्नेछ । दोस्रो खेल २५ तारिखमा पाकिस्तानसँग छ भने समूह चरणको अन्तिम खेल भारतसँग २७ डिसेम्बरमा हुनेछ । दुबै समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् भने फाइनल जनवरी ३ मा हुनेछ ।

, , , ,

0 comments

Write Down Your Responses