७ प्रदेश, संघीय राजधानी काठमाडौं, थुप्रै नयाँ कुरा (भिडियोसहित)



काठमाडौं, भदौ ३० - असोज ३ गते जारी हुने संविधानले मुलुकलाई सम्बृद्धितर्फ लैजाने अपेक्षा गरिएको छ । जनताले निर्वाचित गरी पठाएको सर्वभौमसत्ता सम्पन्न संविधानसभाले दिन लागेको संविधानमा विगतका तुलनामा थुप्रै नयाँ र राम्रा कुरा समावेश गरिएका छन् । मुलुक संघीयतामा जाने घोषणाको कार्यान्वयन यो संविधान अर्थात् नेपालको संविधान २०७२ ले गरेको छ । 

७ प्रदेशसहित मोटामोटी सीमांकनसमेत संविधानमा नै गरिएको छ । प्रदेशसभाको राजधानी प्रदेशसभाले तोक्नेछ भने संघीय राजधानी काठमाडौं हुनेछ । संविधान जारी भएपछि गणतन्त्र संस्थागत हुनेछ । राष्ट्रपति र उपराष्ट्रपति रहेन छन् । राष्ट्रपति राष्ट्र प्रमुखको हैसियतमा रहनेछन् । प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको छ । 

(विस्तृतका लागि भिडियो हेर्नुहोस्) ।

, ,

0 comments

Write Down Your Responses