काठमाडौँ– लन्डनस्थित द फाइनान्सिएल टाइमको सहप्रकाशन ‘दि बैंकर’ म्यागेजिनले पूर्वअर्थमन्त्री डा रामशरण महतलाई सन् २०१६ को उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको छ । म्यागेजिनले प्रत्येक वर्ष दिँदै आएको उत्कृष्ट अर्थमन्त्रीको पुरस्कार डा महतलाई ‘एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ दि एयर’ प्रदान गर्ने घोषणा गरी जनाएको हो । गत वैशाख १२ मा गएको भूकम्पपछि उत्पन्न चुनौती परिभाषित गरी अर्थतन्त्रको बचाउका लागि पूर्वअर्थमन्त्री डा महतले खेलेको भूमिकाका लागि उनलाई सो पुरस्कार प्रदान गरिएको ‘द बैंकर’ले जनाएको छ ।
आफ्नो ९०औँ वार्षिकोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीबीच सर्भेक्षण गरी ‘दि बैंकर’ले डा महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकमध्ये उत्कृष्ट अर्थमन्त्री र समग्र विश्वमा पनि उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको बैंकरका एसिया सम्पादक स्टेफानिया पाल्माले जानकारी दिएका छन् ।
बैंकरले १४ वर्षदेखि उत्कृष्ट अर्थमन्त्री र उत्कृष्ट गभर्नर पुरस्कार प्रदान गर्दै आएको छ । बैंकरका अनुसार डा महत एसिया प्रशान्त क्षेत्र र विश्वस्तरमै उत्कृष्ट अर्थमन्त्री पुरस्कार पाउने दक्षिण एसियामै पहिलो हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा महत विसं २०२८ देखि राजनीतिमा प्रवेश गरि विसं २०४६ को परिवर्तनपछि पटक पटक मन्त्री अर्थमन्त्री भएका छन् । उनले नै मुलुकलाई आर्थिक उदारीकरणको युगमा प्रवेश गराएका थिए ।
रामशरण महत सन् २०१६ को उत्कृष्ट अर्थमन्त्री घोषणा
0 comments
Write Down Your Responses