ठगी आरोपमा गायिका रेखा शाह श्रीमानसहित पक्राउ

डिसीनेपाल डटकम - गायिका रेखा शाहको दम्पत्तिलाई ठगीको आरोपमा काठमाण्डौँ प्रहरीले पक्राउ गरेको छ । सिमसिमे पानीमा‘’ बोलको गीतबाट चर्चित बनेकी गायिका शाहलाई आइतबार बेलुकी उनका श्रीमान इन्द्र गुरुङसहित प्रहरीले पक्राउ गरेको हो । शाह दम्पत्तीले क्यासिनोमा जुवा खेल्न सन्दिपराज काफ्ले नामका व्यक्तिलाई पैसा लगानी गरेको प्रहरीले जनाएको छ । सन्दिपले पैसा नतिरेपछि उनका बुबा सुवासराज काफ्लेले शाह दम्पत्तीबाट आफूलाई धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । शाह दम्पत्तीविरुद्ध उजुरी परेपछि महानगरीय प्रहरी परिसरले शाह दम्पत्तीलाई कार्यालयमै बोलाएको थियो । कार्यालयमा पुगेका शाह दम्पत्तीलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । सन्दिपलाई ऋण दिएको ७३ लाख रुपैयाँ बराबरको चेकको अधकट्टी रेखासँग रहेको छ । सन्दिपलाई व्याजमा दिएको उक्त रकम नतिरेर सम्पर्कविहीन भएपछि रेखाले बुवा सुवासराजसित ताकेका गरेका थिए ।

,

0 comments

Write Down Your Responses