मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोरङ: विराटनगरमा भारतीय लहरीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर-१७ का ४५ वर्षीय पवन यादव र पछाडि सवार सप्तरीका ६० वर्षीय सर्जु यादव छन्। मोरङ प्रहरीका अनुसार आइतबार दक्षितर्फ आउँदै गरेको भारतीय एमएल ०१ डी ३३३० नंको लहरीले को१०प ९६५२ नंको मोटरसाइकललाई सोही दिशाबाट ठक्कर दिएको थियो।
स्थानीयवासीले घटनापछि लहरीको सिसा फुटाइदिएका छन्। चालक र सहचालक फरार छन्। ब्रेक फेल भई अनियन्त्रित भएको लहरी टेलिफोनको पोलमा ठोक्किएको थियो। रासस
0 comments
Write Down Your Responses