सुनको भाउ दिनदिनै ओरालो लाग्दै
साताको पहिलो दिन आइतबार सुनको भाउ ४८ हजारभन्दा तल झरेको छ। शुक्रबार प्रतितोला ४८ हजार रुपैयाँमा कारोवार भएको सुन आज थप २ सय रुपैयाँले सस्तिएको हो। त्यस्तै तेजाबी सुनको भाउ ४७ हजार ५ सय ५० रुपैयाँमा कारोवार भएको छ।चाँदी भने शुक्रबारकै भाउमा कारोवार भएको छ। चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
२०१६ सम्मको मध्यअवधिसम्म सुनको भाउमा ठूलो बृद्धि नहुने महासंघको ठहर छ। सोही अवधिसम्म सुनको भाउ बढ्नेभन्दा घट्ने सम्भावना नै बलियो रहेको र अमेरिकाको अर्थतन्त्रले सुनको भाउमा प्रभाव देखाउने बताइएको छ।
0 comments
Write Down Your Responses