साउदीमा ४७ जनालाई मृत्युदन्ड
साउदी आन्तरिक मन्त्रालयले आतंकवादी अपराधमा संलग्न शेख निमरसहित ४७ जनालाई मृत्युदन्ड दिइएको जनाएको छ ।
सन् २०११ मा पूर्वी प्रान्तमा चर्किएको सरकारविरोधी प्रर्दशनमा शेख निमरले समर्थन गरेका थिए । विभिन्न १२ स्थानमा दिइएको मृत्युदन्डपाउनेमा दुई विदेशी नागरिक पनि छन् ।
शिया समुदायले आफूहरुलाई अधिकारविहीन बनाइएको भन्दै असन्तुष्टि जनाएका थिए ।
यता, इरानले भने शेख निमरको मृत्युदन्डको साउदी अरबले ठूलो मूल्य चुनाउनुपर्ने भन्दै रियादले आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ । (एजेन्सी)
0 comments
Write Down Your Responses