१९०० ग्राम सुनसहित दुई बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ

पुस २१, नेपाल वायुसेवा निगमको मलेसियाबाट काठमाडौंको नियमित उडानबाट आएका दुईजना बंगलादेशी नागरिकलाई १९०० ग्राम सुनसहित पक्राउ गरेको विमानस्थल भन्सारले जनाएको छ । विमानस्थल भन्सारका प्रमुख केशव उप्रेतीले दुवैले उनिहरुले लगाएको बेल्टमा फल्स बटन बनाएर सुन लुकाएर ल्याएको अवस्थामा बरामद गरेको बताएका छन् । उप्रेतीले बंगलादेशी नागरिक मोहम्मद मैउद्दिनको साथबाट ८०० ग्राम र मोहम्मद कमलउद्दिनको साथबाट ११०० ग्राम सुन बरामद गरिएको बताए । विमानस्थलमा राखिएको वाक थ्रु मेसिनबाट पास हुँदा दुवैजनासँग सुन भेटिएको थियो ।

, ,

0 comments

Write Down Your Responses