घोडाहामा बस पल्टियो: ६ जनाको मृत्यु,अन्य २४ जना घाइते

भैरहवा:  रुपन्देहीको देवदह नगरपालिका घोडाहामा यात्रुबाहक बस पल्टिँदा छ जनाको ज्यान गएको छ। 
 
नारायणगढदेखि शनिबार राती नेपालगंज जादै गरेको ना ४ ख ६८४१ नम्वरको बस अनियन्त्रित भई सडकबाट पल्टँदा ६ जनाको ज्यान गएको छ भने अन्य २४ जना घाइते भएका छन् । भिमदत नगरपालिकाका प्रकाश साही, वर्दीयाका कुशल दमाई, वाराका सुरज कहार, देवदह नगरपालिका रुपन्देहीकी जानकी दर्जी र जमुना दर्जीको ज्यान गएको छ।
 
एकजना मृतकको पहिचान हुननसकेको र उनको शव लुम्विनी अंचल अस्पतालमा रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। 
 
घातेमध्ये ४ जनाको अवस्था चिन्ताजनक छ। उनीहरुलाई बुटवलबाट भरतपुर अस्पताल रिफर गरिएको स्वास्थ्यकर्मीले जानकारी दिए। घाईतेहरुको लुम्विनी अंचल अस्पतालमा उपचार भएको छ। तीव्र गति नै दुर्घटनाको कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। 

, ,

0 comments

Write Down Your Responses