काठमाण्डु, २१ पुस– आफूलाई कहिले डाक्टर त कहिले डीआइजीको छोरी बताउँदै मान्छे ठग्दै हिड्ने एक युवति प्रहरीको फन्दामा परेसँगै उनको पोल खुल्दै गएको छ । हेर्दा चिटिक्क परेको चिउडाल, भलाद्मी अनुहार, मिलेको पहिरन कसले भन्दा र ठग भनेर तर, मन नै बेइमानी भएपछि कसको के लाग्छ र । प्रेमको जालोमा पारेर एक युवकलाई फसाएपछि २३ वर्षीया गुल्मी हस्तीचौर ९ कि भगवती केसीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी अनुसन्धान थाल्दै गर्दा उनको अन्य कर्तुत पनि बाहिर आएको हो ।
९ वटा सीम र ४ फेसबुक एकाउन्ट भएकी भगवतीले महानायक राजेश हमालसँग खिचेका तस्बिर फेला परेको छ । सो तस्बिर सार्वजनिक भएसँगै हमाललाई पनि उनले उल्लु बनाएको रहस्य खुलेको हो । पछिल्लो ७ महिनामा मात्र उनले कलाकार, डाक्टर, होटल व्यवसायीलाई मुर्गा बनाइसकेकी छन् ।
पोखरामा ठगी धन्दे चलाउँदै आएकी भगवतीको कर्तुत थाहा भएपछि उनी काठमाण्डुमा आई कमाउ धन्दा चलाउँदै आएकी थिइन् ।
डीआइजीको छोरी भन्दै ठग्दै हिड्ने भगवती केसीले राजेश हमाललाई पनि उल्लु बनाएको रहस्य खुल्यो
0 comments
Write Down Your Responses