फिदिम –एउटा भौंसीका खुट्टा चारवटा हुन्छन त्यो अकाट्य हो । अनि भौंसिले जन्माएको पाडो अथवा पाडीको खुट्टा पनि चारवटै हुन्छन त्यो त झन ध्रुव सत्य नै हो ।
तर, इलामका एक कृषकले पालेको भैंसिले बुधबार विहान आठवटा खुट्टा भएको पाडो जन्माएपछि सबै चकित भएका छन् । इलाम साङ्ग्रुम्बा ६ का नरेन्द्र चौलागाईले पालेको दोग्ला जातको पहिलो वेतको आठवटा खुट्टा भएको एउटा पाडो जन्माएको हो ।
“अघिल्लै दिनदेखि विरामी भयो,” चौलागाईले भने –“भैसीले सहजै पाडो जन्माउन नसेपछि पशु डाक्टरले सल्यक्रिया गर्दा आठवटा खुट्टा रहेछन ।” जिल्ला पशु सेवा कार्यालयका पशु प्राविधिक टेकनाथ रेग्मीले भैसीको शल्यक्रिया गरेर आठ खुट्टा भएको पाडो निकालेका हुन् ।
आठ ओटा खुट्टा भएको पाडोको घाँटी देखि माथिको भाग (टाउको) एउटा मात्र र शरिर भने दुई वटा छन । एउटा टाउकोमा दुई वटा शरिर भएको पाडोको पुच्छार पनि दुई वटै छन् । चौलागाईका अनुसार पशु डाक्टरको सहायताले पाडोलाई मृत अवस्थामा जन्माइएको हो । माउको भने स्वास्थ्य सामान्य रहेको छ ।
एउटा टाउकोमा दुई ओटा जिउ भएको पाडो जन्मिएपछि स्थानीयहरुले आस्चार्य मानेका छन् । अनौठो पाडो जन्मिएपछि पाडो हेर्नेको भीड लागेको चौलागाईका भतिज रोहितले जानकारी दिए ।
भैसीले आठ वटा खुट्टा, दुईवटा पुच्छर र दुईवटै शरिर भएको पाडो जन्मिएपछि गाँउले चकित
0 comments
Write Down Your Responses