चकलेट देखाई बालिकालाई बलात्कार गर्ने युवक पक्राउ

काठमाडौँ २३ पुष । पछिल्लो समय केही बलात्कारका घटनाहरु आफनतबाट नै हुने गरेका छन् । त्यस्तै भयो गत पुस १९ गते साँझ ७ बजे धरानमा पनी । एक ४ बर्षीय बालीकालाईए उनकै आफनत पर्ने चकलेट देखाएर बलात्कार प्यास गरे । क्याटवरी चकलेट दिएर धरानकी ४ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गर्ने २३ वर्षीय कैलाश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । बालीकाको अस्भाविक बानी देखेपछि रहस्य खुल्न आएर आफन्तहरुले इलाका प्रहरी कार्यालय धरानलाई जाहेरी दिएपछि श्रेष्ठलाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो।उनले गत पुस १९ गते साँझ ७ बजेतिर बालिकालाई श्रेष्ठले बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ। बच्चीको स्वास्थ्य चाँजपछि हाल घरमा लगिएको छ । श्रेष्ठमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । श्रेष्ठले आफ्नै घरमा बोलाएर बलात्कार गरेका थिए । बच्ची चिच्याएपछि आफन्तहरुले थाहा पाएको बताइन्छ ।

,

0 comments

Write Down Your Responses