राष्ट्रपति विद्यादेवी भण्डारी लाइ व्यंग्य गर्दै आफ्नो एक महिनाको तलब भूकम्प पिडित लाइ दिने इजराइलबासी नेपाली चेलि ...
काठमाडौं, १७ पुस-
राष्ट्रपतिलार्इ व्यंग्य गर्दै इजराइलबाट एक नेपाली चेलिले आफ्नो एक महिनाको तलब भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेकी छिन् ।
पशुपतिको दर्शन गरेर पुण्य नकमाइने भन्दै इजरायलमा कार्यरत शरिन तामाङ खुयुङ्वाले भूकम्प पीडितलाई एक महिनाको तलब दिने घोषणा गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको दर्शन गरेर पुण्य कमाउने काम गरेको भन्दै उनको अहिले चर्को आलोचना भइरहेको छ । ढुंगाको मूर्तिलाई ढोगेर नभई गरिब, दुःखीको सेवा गर्न राष्ट्रपतिलाई आग्रह गर्दै इजरायलमा कार्यरत शरिन तामाङ खुयुङ्वाले भूकम्प पीडितलाई सहयोगको घोषणा गरेको तामांगले बताइन् ।
फेसबुक म्यासेजमार्फत तामाङले भूकम्प पीडित बालबालिका, बृद्धबृद्धाहरुको सहयोगका लागि एक महिनाको तलब एकलाख ३० हजार रुपैयाँ सहयोग गर्ने स्पष्ट गरिन् । भूकम्प पीडितहरु कठ्याङ्ग्रेको बेला राष्ट्रपति भण्डारी पशुपति मन्दिर दर्शनका लागि पुगेकी थिईन् ।
उक्त दृश्य देखेर भावुक बन्दै पूण्य कमाउन मन्दिर नभई पीडितको सेवा गर्नका लागि उनले आग्रह गरिन् ।

0 comments
Write Down Your Responses