पछुताउनु पर्ला है !! ३२ वर्ष पुगेर बिहे गर्ने सोच छ ? आउँन सक्छ यस्तो खतरनाक अवस्था .जानी राखौ !

बुधबार, १५ पुष काठमाडौं - आफ्नो जीवनमा एक प्रकारको सेटेलमेन्ट भएपछि मात्र बिहे गर्नुपर्छ भन्ने विचार आजकाल अधिकांश मानिसहरुमा पाईन्छ । तर एउटा अनुसन्धानले त्यस्तो सोच बनाएका मानिसहरुलाई निराश बनाउने देखिएको छ । सो अनुसन्धानअनुसार ३२ वर्षको उमेरपछि बिहे गर्नेको वैवाहिक जीवनमा उमेर बढ्दै गए अनुसार डिभोर्स हुने सम्भावाना उत्तिकै बढ्दै जाने देखाएको छ । खोज अनुसार ३२ वर्षको उमेरपछि श्रीमान र श्रीमतीबीच डिभोर्स हुने सम्भावाना हरेक वर्ष ५ प्रतिशतका दरले बढ्दै जाने देखाएको छ । अमेरिकाको उटाह विश्वविद्यालयका निकोलस वालफिगरले सन् २००६ देखि २०१० सम्मको सर्वेक्षणको आंकडा हेरेर त्यस्तो विश्लेषण गरेका हुन् । उनले भनेका छन् कि ३२ वर्ष पछि बिहे गर्दा दम्पतिहरु विच डिभोर्स हुने सम्भावाना प्रवल हुन्छ । अमेरिका स्थित इंस्टीट्यूट फर फेमली स्टडीज को लागि लेखिएको एउटा लेखमा पनि भनिएको छ कि ३२ वर्ष भन्दा अघि गरिएको बैबाहिक सम्बन्धमा डिभोर्स हुने खतरा ११ प्रतिशतले कम हुन्छ । -एजेन्सीकाे सहयाेगमा

,

0 comments

Write Down Your Responses