राजेन्द्र महतोको नागरिकता छानविन गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

१८ पुस, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको एमालेसमर्थित युवा संघले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता छानविन गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । युवा संघले शनिबार गृह मन्त्रालय पुगेर गृहमन्त्री शक्ति बस्नेतलाई चार पृष्ठको ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा महतोले झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको दाबी गर्दै उनको नागरिकता रद्ध गरी कानून बमोजिम कारबाही गर्न माग गरिएको छ । २०६८ सालमा पनि महतोको नागरिकताबारे विवाद भएको थियो । त्यसबेल महतो स्वाथ्यमन्त्री थिए । अख्तियारले महतोको नामगरिकताबारे छानविन गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई पत्र समेत काटेको थियो । तर, ०६२ चैत १२ गते भएको मलंगवा आक्रमणका क्रममा आगो लागेर सबै कागजपत्र नष्ट भएको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयलाई पत्र लेखेको थियो । युवा संघले महतो विदेशी नागरिक भएको र उनको झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको दाबी गरपेनि कुनै प्रमाण भने अघि सारेको छैन । उसले त्यही प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा पठाएको पत्रलाई प्रमाण भन्दै ज्ञापन पत्रसँगै बुझाएको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री बस्नेतले नागरिकता विवादमा सरकार गम्भीर रहेको बताए । राष्ट्रिय परिचय पत्र वितरण गरेर दिर्घकालीन समाधान गर्ने वा अहिले भएका नागरिकताको छानविन गर्ने भन्ने बहस रहेको भन्दै उनले भने-उपयुक्त विधि सरकारले छनोट गर्छ ।’

,

0 comments

Write Down Your Responses