स्कूल बस र माइक्रो आपसमा ठोक्किदा पाँचजनाको मृत्यु, २९ जना घाइते

दाङ, पुस २२ । दाङको तुलसीपुरस्थित सौडिकुलामा स्कुल बस र माइक्रो बस आपसमा ठोक्किँदा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङ त्रिपुर नगरपालिका–१ की २६ वर्षीया सपना अन्सारी, मानपुुरका ३० वर्षीय धनबहादुर थापा, ठेगाना खुल्न नसकेकी २७ वर्षीया वसन्ती र सल्यान काभ्राका २ वर्षीय वालक हेमन्त विष्टछन् । एक जना महिलाको भने सनाखत हुन सकेको छैन ।
दुर्घटनामा २९ जना घाइते भएका छन् । रा१क १९१ नम्बरको स्कुल बस र रा१ज ३७२ नम्बरको माइक्रो बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
मृत्यु हुने र घाइते सबै माइक्रो बसमा सवार यात्रु रहेको प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पताल दाङमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई नेपालगन्ज लगिएको छ ।
विद्यार्थी लिन घोराहीबाट नारायणपुरतर्फ जाँदै गरेको पद्मोदय पब्लिक स्कुलको बसमा विद्यार्थी भने नरहेको प्रहरीले जनाएको छ ।

,

0 comments

Write Down Your Responses